• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत

जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने



लहान । नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ ।

शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगत्लाई बदनाम गराउनेलाई कारवाही गर्ने निर्णय गरेको हो ।

केही गैरपत्रकारले पनि मोटरसाइकलमा प्रेस लेखेर हिँड्दै गरेको र पत्रकारको नाममा गलत क्रियाकलापसमेत गरिरहेको पाइएकाले त्यस्ता कार्यलाई यथाशीघ्र रोक्न कारवाही गर्ने निर्णय गरेको महासङ्घ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

शाखाका सभापति गुप्ताको अध्यक्षता तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य देवकुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले सिरहामा रहेको महासङ्घको भवनलाई व्यवस्थित गर्दै लहानको लागि नयाँ भवन बनाउन समिति गठन, निष्क्रिय पत्रकारलाई ससम्मान बिदाइ तथा सक्रिय पत्रकारलाई सदस्यता र नवीकरण गर्ने निर्णय पनि गरेको जनाएको छ ।

यसैगरी विभिन्न क्षेत्रका स्रष्टालाई महासङ्घले वार्षिकरूपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने, पत्रकारको क्षमता अभिवृद्धिका लागि स्थानीय तहसँग समन्वय गरी अघि बढ्ने र महासङ्घको कामकाजलाई व्यवस्थित गर्न एक कर्मचारी नियुक्ति गर्ने साधारणसभाले निर्णय गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो । रासस