• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

चन्द्रागिरी र कीर्तिपुरमा आज सात गाउँले जात्रा मनाईदै : सार्वजनिक बिदा




काठमाडौं । राजधानीको चन्द्रागिरी र कीर्तिपुर को प्राचीन नेवार वस्तीमा मनाइने सात गाउँको जात्रा आज मनाईदै छ । चन्द्रागिरी स्थित विष्णुदेवी मन्दिरमा मनाईने जात्राको आज समापन हुदैछ ।

बेसिगाउँ,सतुंगल, पुरानो नैकाप,लोहँकोट, बोसिगाउँ, नयाँ नैकाप र तिनथाना लगायतका बासिन्दाले तिनथानामा रहेको विष्णुदेवीलाई भात चढाउने चलन छ । बिहानैदेखि नैकाप, सतुंगल र तीनथानाको सीमामा रहेको विष्णुदेवी पीठमा केही दिनअघि बली दिएको मासुको परिकार सजाएर चढाउ र बाह्र महिना घ्याम्पेमा राखेको जाड चढाउने भक्तजनको घुँइचो लागेको छ । आजै देव–देवीको पुजा गरेर सात गाउँबाट ल्याएको रथलाई मन्दिर परिषदमा घुमार्इृ आ–आफ्ने टोलमा फर्काउने परम्परा रहेको छ।

जात्राका कारण नेवारि बस्ति रहेका कीर्तिपुर र चन्द्रागिरी नगरपालिकामा सोमबार सार्वजनिक बिदा दिइएको छ।