३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको महासमिति बैठक स्थगित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक स्थगित भएको छ। सोमबार बिहान महासमितिको बैठक चल्दै गर्दा महासमितिका सदस्यहरुले चर्को नाराबाजी गरेपछि बैठक दिउँसो खाना खाएपछि बस्ने गरी स्थगित गरिएको हो।

बैठकमा सभापति शेरबहादुर देउवाल समयमै उपस्थित नहुदा उपसभापति विजयकुमार गच्छदारको सभापतित्वमा बैठक चलाउने हल्ला चलेपछि महासमिति सदस्यले चर्काे होहल्ला गरेका थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई घन्टा बैठक स्थगित गरिएको बताए।महासमिति बैठकमा चार वटा दस्तावेज प्रस्तुत गरे पनि पार्टीको संघीय विधानको मस्यौदा भने प्रस्तुत गरिएको छैन।

पदाधिकारी संख्या ८ पुर्‍याउन सभापति देउवा सहमत भए पनि मनोनित गर्ने कि निर्वाचित भन्नेमा सहमति जुटेको छैन। प्रवक्ता शर्माका अनुसार विधानबारे छलफल गर्न अहिले केन्द्रीय कार्यसमिति बैठक डाकिएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विधान पारित गर्नेबारे छलफल राखिएको हो।