१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको महासमिति बैठक स्थगित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक स्थगित भएको छ। सोमबार बिहान महासमितिको बैठक चल्दै गर्दा महासमितिका सदस्यहरुले चर्को नाराबाजी गरेपछि बैठक दिउँसो खाना खाएपछि बस्ने गरी स्थगित गरिएको हो।

बैठकमा सभापति शेरबहादुर देउवाल समयमै उपस्थित नहुदा उपसभापति विजयकुमार गच्छदारको सभापतित्वमा बैठक चलाउने हल्ला चलेपछि महासमिति सदस्यले चर्काे होहल्ला गरेका थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई घन्टा बैठक स्थगित गरिएको बताए।महासमिति बैठकमा चार वटा दस्तावेज प्रस्तुत गरे पनि पार्टीको संघीय विधानको मस्यौदा भने प्रस्तुत गरिएको छैन।

पदाधिकारी संख्या ८ पुर्‍याउन सभापति देउवा सहमत भए पनि मनोनित गर्ने कि निर्वाचित भन्नेमा सहमति जुटेको छैन। प्रवक्ता शर्माका अनुसार विधानबारे छलफल गर्न अहिले केन्द्रीय कार्यसमिति बैठक डाकिएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विधान पारित गर्नेबारे छलफल राखिएको हो।