१४ आश्विन २०८१, सोमबार
,
Latest
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन सय ग्राहक कालो सूचीमा



अ+ अ-

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल नबुझाएका २९९ ग्राहकलाई कालो सूचीमा राखेको छ । केन्द्रमा आठ हजार १६१ जना ग्राहक रहेका छन् ।

कार्यालयका लेखा प्रमुख विष्णुबहादुर राजथलाका अनुसार कालोसूचीमा रहेका ग्राहकबाट रु ९५ लाख २४ हजार ७७ असुल गर्न बाँकी रहेको छ । विगत लामो समयदेखि बिजुली उपभोग गरी महसुल बुझाउन नआएका उनीहरुको तीन पुस्तेसहित कालो सूचीमा नाम प्रकाशन गरिएको हो ।

कालो सूचीमा परेका ग्राहकको लाइन काट्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । कालो सूचीमा रहेका अन्य सात जनाले बक्यौता रकम बुझाइसकेका छन् । उनीहरुबाट रु एक लाख ८४ हजार ६९२ असुली गरिएको छ । सोही क्रममा ३५० भन्दा बढीको लाइन काटी बक्यौता असुली गरिएको छ ।

वितरण केन्द्रका अनुसार हाल विभिन्न ग्राहकबाट रु ३८ करोड २९ लाख २४ हजार ६९४ बक्यौता असुल गर्न बाँकी रहेको छ । बक्यौता रहनेमा सबैभन्दा बढी ग्राहस्थ्य उत्पादन ९घरायसी०को रु सात करोड ८३ लाख ३४ हजर ८३, गैर व्यावसायिक संस्थाको रु दुई करोड १९ लाख २५ हजार ६३२ रहेको छ । सिँचाइको रु दुई करोड ३१ लाख ८९ हजार ३९९, उद्योगको रु ९३ लाख ३१ हजार १४२, व्यावसायिक सङ्घसंस्थाको रु ४७ लाख १८ हजार ९८४, घरायसीबाहेक अन्य प्रयोजनका लागि रु ३७ लाख १० हजार १३६ र खानेपानी रु १० लाख ९५ हजार ११४ बक्यौता रहेको छ ।

यस्तै अस्थायी बत्तीबापत रु चार लाख २३ हजार ३२९ र मठ मन्दिरको रु दुई लाख २३ हजार ३१८ रहेको छ । राजथलाका अनुसार सबैभन्दा बढी सडक बत्तीको बक्यौता रहेको छ । सडक बत्तीबापत रु २३ करोड चार लाख ८३ हजार ४४९ भुक्तानी मिलान गर्न बाँकी रहेको छ । रासस