![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
भारत । दिल्ली उच्चअदालतले कांग्रेसका पूर्व सांसद सज्जन कुमारलाई आजीवन कैदको सजाय सुनाएको छ । सन् १९८४ मा भएको शिख विरोधी दंगाको क्रममा भएको नरसंहारमा दोषी ठहर्याउँदै ५ लाख भारतीय रुपैयाँ जरिवानासहित उनलाई आजीवन कैदको सजाय सुनाएको भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।
सज्जन कुमारलाई ३१ डिसेम्बरसम्म आत्मसर्पण गर्न अदालतले समयसीमा तोकेको छ । ३४ वर्षपछि सुनाइएको फैसलामा सज्जन कुमारलाई आपराधिक षडयन्त्र गरेको र दंगा भड्काउन मुख्य भूमिका खेलेको भन्दै दोषी ठहर गरिएको छ । सन् १९८४ मा दिल्ली छावनीको राजनगर क्षेत्रमा एकै परिवारका ५ जनाको हत्या गरिएपछि दंगा सुरु भएको थियो । एजेन्सी