• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

पूर्व सांसद सज्जन कुमारलाई आजीवन कैदको



भारत । दिल्ली उच्चअदालतले कांग्रेसका पूर्व सांसद सज्जन कुमारलाई आजीवन कैदको सजाय सुनाएको छ । सन् १९८४ मा भएको शिख विरोधी दंगाको क्रममा भएको नरसंहारमा दोषी ठहर्‍याउँदै ५ लाख भारतीय रुपैयाँ जरिवानासहित उनलाई आजीवन कैदको सजाय सुनाएको भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।

सज्जन कुमारलाई ३१ डिसेम्बरसम्म आत्मसर्पण गर्न अदालतले समयसीमा तोकेको छ । ३४ वर्षपछि सुनाइएको फैसलामा सज्जन कुमारलाई आपराधिक षडयन्त्र गरेको र दंगा भड्काउन मुख्य भूमिका खेलेको भन्दै दोषी ठहर गरिएको छ । सन् १९८४ मा दिल्ली छावनीको राजनगर क्षेत्रमा एकै परिवारका ५ जनाको हत्या गरिएपछि दंगा सुरु भएको थियो । एजेन्सी