१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सांसद सज्जन कुमारलाई आजीवन कैदको



अ+ अ-

भारत । दिल्ली उच्चअदालतले कांग्रेसका पूर्व सांसद सज्जन कुमारलाई आजीवन कैदको सजाय सुनाएको छ । सन् १९८४ मा भएको शिख विरोधी दंगाको क्रममा भएको नरसंहारमा दोषी ठहर्‍याउँदै ५ लाख भारतीय रुपैयाँ जरिवानासहित उनलाई आजीवन कैदको सजाय सुनाएको भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।

सज्जन कुमारलाई ३१ डिसेम्बरसम्म आत्मसर्पण गर्न अदालतले समयसीमा तोकेको छ । ३४ वर्षपछि सुनाइएको फैसलामा सज्जन कुमारलाई आपराधिक षडयन्त्र गरेको र दंगा भड्काउन मुख्य भूमिका खेलेको भन्दै दोषी ठहर गरिएको छ । सन् १९८४ मा दिल्ली छावनीको राजनगर क्षेत्रमा एकै परिवारका ५ जनाको हत्या गरिएपछि दंगा सुरु भएको थियो । एजेन्सी