४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

पर्यटक नेपाल भित्रिएको भन्दै सरकारले केक काट्दै मनायो खुसीयाली

पर्यटक नेपाल भित्रिएको भन्दै सरकारले केक काट्दै मनायो खुसीयाली
अ+ अ-

एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ ।

नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गर्नुभएको हो ।

सन् २०१८ मा १० लाख एक हजार ३०० बाह्य पर्यटक भित्रिएका हुन् । यसअघि सबैभन्दा बढी सन् २०१५ मा आठ लाख ६० हजार पर्यटक भित्रिएको तथ्याङ्क रहेको थियो ।

सो अवसरमा मन्त्री लम्सालले गत वर्षभन्दा पर्यटक आगमनको दर ३० प्रतिशतले बढेको बताउँदै पर्यटन क्षेत्रबाटै पर्यटनको समृद्धि हुने बताउनुभयो ।

मन्त्री लम्सालले गण्डकी प्रदेशले सन् २०२२ लाई पर्यटन वर्षका रूपमा मनाउन लागेको उल्लेख गर्दै सो अवधिसम्म वार्षिक २० लाख पर्यटकको सङ्ख्या टाउकै गनेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले बढ्दो पर्यटकको आगमनलाई मध्यनजर गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसका लागि प्रदेश सरकारले ११ वटै जिल्लामा रहेका पर्यटकीयस्थललाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ । रासस