४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

गुरुङ भाषा संरक्षणका लागि प्रशिक्षण

गुरुङ भाषा संरक्षणका लागि प्रशिक्षण
अ+ अ-

वालिङ । लोपोन्मुख अवस्थामा रहेको गुरुङ (तमु) भाषाको संरक्षणका लागि स्याङ्जाको वालिङमा गुरुङ भाषाको प्रशिक्षण प्रदान गरिएको छ ।

तमु ह्युल छोजधीँ गुरुङ राष्ट्रिय परिषद् स्याङ्जाले जिल्लाका ६२ जनालाई प्रशिक्षण प्रदान गरिएको परिषद्का स्याङ्जा महासचिव टीकराज गुरुङले बताउनुभयो ।

“प्यो म्हस्याँ, छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात ‘शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउँछ’ भन्ने ठानी वालिङमा गुरुङ भाषा अर्थात् खेमा लिपिसम्बन्धी तीन दिने प्रशिक्षण दिइएको हो ।

“हालको वालिङ नगरपालिका ४ बसेनी निवासी पिमबहादुर गुरुङले खेमा लिपिको खोज अनुसन्धान गर्नुभएको देखिन्छ”, परिषद्का केन्द्रीय उपाध्यक्ष लप्टन यामबहादुर गुरुङले भन्नुभयो, “खेमा लिपिको अवधारणालाई देशव्यापी बनाउँदै भाषा संरक्षणका लागि लाग्नु आजको आवश्यकता पनि हो ।”

स्याङ्जाबाट थालनी भएको अभियानलाई देशव्यापीरूपमा विस्तार गर्दै खेमा लिपि संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने योजना बनाएको केन्द्रीय उपाध्यक्ष गुरुङले बताउनुभयो ।

“नयाँ पुस्ताले गुरुङ भाषा अर्थात खेमा लिपि बिर्सिँदै गएको अवस्था छ” प्रशिक्षक भीम गुरुङले भन्नुभयो, “हाम्रो समुदायको मातृभाषाको रूपमा रहेको खेमा लिपि संरक्षण गरी नयाँ पुस्तालाई आकर्षित गर्ने अभियान सञ्चालन गर्नु आवश्यक छ ।”

प्रशिक्षण कार्यक्रममा स्याङ्जा जिल्लाभरिबाट सहभागी भएकाले आ–आफ्नो टोलमा गएर खेमा लिपिका बारेमा जानकारी गराउँदै तल्लो तहसम्म यस अभियानलाई पुर्याउने र गुरुङ जातिको भाषा खेमा लिपिको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको महासचिव गुरुङले बताउनुभयो । रासस