१४ आश्विन २०८१, सोमबार
,
Latest
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल स्टक एक्चेन्जको कार्यालय तनावग्रत



अ+ अ-

काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा.युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन ।

एक साता अघिदेखिको सुरु भएको रिले अनसन बेवास्था गरेको भन्दै आज काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्चेन्ज कार्यालयको मूलगेटमै आमरण अनसन सुरु गरेका हुन् ।

सोमबारदेखि सेयर लगानीकर्ता दवाव समूह खडा गरि आमरण अनसन सुरु गरिएको हो ।आफूहरुको माग सम्बोधनका लागि अर्थ मन्त्रालयद्वारा गठित उच्चस्तरीय अध्ययन समितिको कामै नभएको भन्दै अर्थ मन्त्रिको राजिनामा माग गरेका हुन् ।

सेयर लगानीकर्ताहरुबाट कर असुलीमा समेत वृद्धि गरेपछि लगानीकर्ताहरु सरकारसँग आक्रोशित भएका हुन् । उनीहरुले आफूहरुको लगानीको सुरक्षा गर्न माग गर्दै सरकारलाई दवाव दिन यस अघि पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्नासहितका विरोध प्रर्दशनको कार्यक्रम गर्दै आएका छन् । तर त्यसको पनि सुनुवाइ सरकारले नगरेपछि आमरण अनसनमा बस्नुपरेको सेयर लगानीकर्ताको भनाइ छ ।