५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायलयको बारेमा प्रधानमन्त्री र बार टोली बिच छलफल हुँदै



अ+ अ-

काठमाडौं । न्यायलयको विषयमा मौन नबस्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानकर्षण गराएको नेपाल बार र प्रधानमन्त्री बीच आज छलफल हुँदैछ । छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देवाउले आज नेपाल बार एसोसिएसन टोलीलाई बिहान साढे १० बजे बालुवाटारमा बोलाउनु भएको छ ।

बिहिबार नेपाल बारले सर्वोच्च देखी बालुवाटार सम्म मार्चपास गर्दै ध्यानाकर्षण गराएको थियो । एक महिना अगाडी देखी प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

यो पनि पढ्नुहोस – न्यायालयको बिषयमा प्रधानमन्त्री देउवालाई खोज्दै बार बालुवाटारमा

बार सडकबाट हटाउन बल प्रयोग गरिरहेको छ भने प्रधानन्याधीश राणाले आफु सबैधानिक प्रक्रियाबाट मात्र बाहिरिने बताउदै आउनु भएको छ। प्रधानमन्त्री देउवाले यस अघि सरकार र पार्टी दुबै संयन्त्रमा यस विषयमा छलफल नै गर्न चाहानु भएको थिएन । कुनै बैठकमा यस बारेमा कुरा उठे उहाँले त्यसलाई तत्काल रोक्ने गर्नुभएको थियो ।