२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेची पर्यटन महोत्सव हुने



अ+ अ-

इलाम । इलामजिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।

पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा ताप्लेजुङको शेर्पा नाच र झापाको सतार नाच प्रदर्शन गरिनाका साथै इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरी र घोडासमेत ल्याउने तयारी भइरहेको छ । विश्वमै लोपोन्मुख रातो हाब्रे ९रेडपाण्डा०समेत यहाँ ल्याउने तयारी भइरहेको आयोजक संस्थाका सल्लाहकार धर्म गौतमले बताउनुभयो ।

पर्यटकको सङ्ख्यामा वृद्धि

जिल्लामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका प्रमुख पर्यटकीय स्थल माइपोखरी, कन्याम, श्रीअन्तु, गजुरमुखीलगायतको अवलोकनका लागि यहाँ पर्यटक आउने गरेका छन् ।

पर्यटन सूचना केन्द्रका अनुसार यस वर्षको मङ्सिर मसान्तसम्ममा एक लाखको हाराहारीमा पर्यटक भित्रिएका छन् । केन्द्रका अनुसार उक्त सङ्ख्या गत वर्षकोभन्दा दोब्बरले बढी हो । सूचना अधिकारी गगन घिमिरेका अनुसार गत वर्षको मङ्सिरमा ५० हजारको हाराहारीमा पर्यटक भित्रिएका थिए । पर्यटकीय महोत्सव, प्रचारप्रसार र सबै क्षेत्रमा सडकको पहुँच भएका कारण पर्यटकको सङ्ख्यामा वृद्धि भएको घिमिरेको भनाइ छ । जिल्लामा भित्रिनेमध्ये ९० प्रतिशत आन्तरिक तथा बाँकी बाह्य पर्यटक छन् । रासस