• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

मेची पर्यटन महोत्सव हुने



इलाम । इलामजिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।

पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा ताप्लेजुङको शेर्पा नाच र झापाको सतार नाच प्रदर्शन गरिनाका साथै इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरी र घोडासमेत ल्याउने तयारी भइरहेको छ । विश्वमै लोपोन्मुख रातो हाब्रे ९रेडपाण्डा०समेत यहाँ ल्याउने तयारी भइरहेको आयोजक संस्थाका सल्लाहकार धर्म गौतमले बताउनुभयो ।

पर्यटकको सङ्ख्यामा वृद्धि

जिल्लामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका प्रमुख पर्यटकीय स्थल माइपोखरी, कन्याम, श्रीअन्तु, गजुरमुखीलगायतको अवलोकनका लागि यहाँ पर्यटक आउने गरेका छन् ।

पर्यटन सूचना केन्द्रका अनुसार यस वर्षको मङ्सिर मसान्तसम्ममा एक लाखको हाराहारीमा पर्यटक भित्रिएका छन् । केन्द्रका अनुसार उक्त सङ्ख्या गत वर्षकोभन्दा दोब्बरले बढी हो । सूचना अधिकारी गगन घिमिरेका अनुसार गत वर्षको मङ्सिरमा ५० हजारको हाराहारीमा पर्यटक भित्रिएका थिए । पर्यटकीय महोत्सव, प्रचारप्रसार र सबै क्षेत्रमा सडकको पहुँच भएका कारण पर्यटकको सङ्ख्यामा वृद्धि भएको घिमिरेको भनाइ छ । जिल्लामा भित्रिनेमध्ये ९० प्रतिशत आन्तरिक तथा बाँकी बाह्य पर्यटक छन् । रासस