५ पुष २०८२, शनिबार
,
Latest
राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग लिडर मनाङ मर्स्याङ्दीको जित कायमै



अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबलााई पराजित गरेको छ । लगातार नवौं जित निकाल्ने क्रममा च्यासल युथ क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा मनाङको जित दिलाउन अडेलजा सोमिड, अफिज ओलावाले र विमल रानाले १–१ गोल गरेका हुन् । यता, च्यासलका लागि भने कप्तान देबेन्द्र तामाङले गोल गरेपनि जितको लागि प्रयाप्त हुन सकेन ।

मनाङले खेलको १६ औं, ७२औं र ८८औं मिनेटमा गोल गरेको थियो । तर, खेलको अतिरिक्त समयमा च्यासलका देबेन्द्रले पेनाल्टीबाट गोल गरेपनि मनाङसँगको हार टार्न सकेन ।

जितसँगै शीर्ष स्थानमा रहेको मनाङले नवौं खेलबाट २७ अंक बनाएको छ । पराजित च्यासलको भने नवौं खेलबाट १३ अंक जोडेको छ ।