१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग लिडर मनाङ मर्स्याङ्दीको जित कायमै



अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबलााई पराजित गरेको छ । लगातार नवौं जित निकाल्ने क्रममा च्यासल युथ क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा मनाङको जित दिलाउन अडेलजा सोमिड, अफिज ओलावाले र विमल रानाले १–१ गोल गरेका हुन् । यता, च्यासलका लागि भने कप्तान देबेन्द्र तामाङले गोल गरेपनि जितको लागि प्रयाप्त हुन सकेन ।

मनाङले खेलको १६ औं, ७२औं र ८८औं मिनेटमा गोल गरेको थियो । तर, खेलको अतिरिक्त समयमा च्यासलका देबेन्द्रले पेनाल्टीबाट गोल गरेपनि मनाङसँगको हार टार्न सकेन ।

जितसँगै शीर्ष स्थानमा रहेको मनाङले नवौं खेलबाट २७ अंक बनाएको छ । पराजित च्यासलको भने नवौं खेलबाट १३ अंक जोडेको छ ।