५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडले जोसे मोउरिन्होलाई बर्खास्त गर्याे



अ+ अ-

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ । युनाइटेडले यो सिजन ईतिहास के खराब प्रर्दशन गरेपछि बोर्डले मोउरिन्होको हटाउने निर्णय गरेको हो ।

साढे दुई वर्ष कल्ब सम्हालेका मोउरिन्होलाई क्लबले सोमबार प्रेस विज्ञप्ति निकाल्दै बर्खास्त गरेको जनाएको हो । युनाइटेडको प्रिमियर लिगको इतिहासमा पछिल्लो २८ वर्षमा सबैभन्दा खराव नतिजा भनेको मोउरिन्होले क्लब सम्हालेपछि देखिएको थियो ।
उनलाई खेलाडी अनुबन्धका लागि टिमसँग राम्रोसँग सल्लाह नगरिको आफुखुशि कल्ब चलाएको आरोप पनि क्लबले लगाएको छ ।

मोउरिन्हो युरोपियन क्लबका सफल प्रशिक्षक मानिने भए पनि पछिल्लो पटक उनको सफलता भन्दा असफलता हात लागेपछि आलाचेचना खाप्दै आएका थिए । सन्काहा प्रवृतिका मानिएका मोउरिन्होले युनाइटेडमा आएर लिग कप, युरोपा लिगको उपाधि दिलाएका पनि प्रिमियर लिगमा निकै खराब प्रदर्शन गरेको उसले आइतबार लिभरपुलविरुद्ध तीन–एकको हार ब्यहोरेको थियो ।

हारका कारण लिगमा टिम १९ अंकका साथ छैटौ स्थानमा रहेको छ । क्लब च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेका कारण मोउरिन्होले २२ दशमलव ५ मिलियन पाउण्ड रकम पाउने भएका छन् ।

युनाइटेडको प्रशिक्षकका लागि रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान र माउरिसीयो पोचिटिनोको नाम चर्चामा रहेको छ ।