२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको काखबाटै थुतेर बालिका बलात्कृत



अ+ अ-

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा बोल्न नसक्ने एक बालिकालाई चकलेटको प्रलोभन देखाएर एक युवकले बलात्कार गरेका छन् । गणेशमान चारनाथ नगरपालिका ५ तडियाकी ७ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कार गर्ने स्थानीय युवक रोशन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति १० बजे अपाङ्गता भएकी बालिकालाई आमाकै काखवाट खोसेर नजिकैको उखुबारीमा लगी बस्नेतले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

बालिकाकी आमा पनि सुस्त मनस्थितिकी छन् । रोशनले मेरो दाई विदेशवाट आए चकलेट दिन्छु भन्दै आमालाई ढोका खोल्न लगाए । जब आमाले ढोका खोलिन् । रोशन बालिकालाई लिएर बेपत्ता भए ।

छोरीलाई काखवाटै खोसेर लगेपछि बालिकाकी आमाले छिमेकी गुहारिन् । स्थानीयले खोजतलास गर्ने क्रममा १ घण्टापछि बालिकालाई अर्थनग्न अवस्थामा घर नजिकैको चउरमा फेला परेकी थिईन् । रगतले लतपतिएकी अचेत अवस्थामा रहेकी बालिकालाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल सिरहा लगिएको थियो, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।