२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम पुरा नगर्ने ठेकेदारको पासपोर्ट जफत, यस्तो छ सीएमसीको चर्तिकला



अ+ अ-

काठमाडौं । निर्माण कम्पनि सीएमसी आर्थिक संकटमा परेपछि दुई निर्माणाधीन जलविद्युत आयोजनाहरु काम रोकिउको छ । सीएमसीको वित्तीय संकटले तनहुँ जलविद्युत आयोजना र दूधकोशी जलविद्युत आयोजना काम ठप्प भएको हो ।

बिधुत प्राधिकरणले मेलम्चीसहितका दुई ठुला आयोजनाको जिम्मा लिएको सीएमसीका प्रतिनिधि भाग्न खोजेपछि पासपोर्ट सहितका सरकारी कागजात जफत गरेको छ ।

पहुँच र पावरकै आधारमा ठेक्का पाएको एशियाली विकास बैंक (एडीबी) कै लगानीमा बनिरहेको मेलम्चीमा गतिलो काम नगर्दौ नगर्दै पनि एडीबीले सीएमसीलाई तनहुँमा प्राविधिक रुपमा योग्य ठहराएको थियो । प्राविकि रुपमा योग्य भएपछि सबैभन्दा कम बोलकबोल गर्दै सीएमसी आर्थिक प्रस्तामा पनि योग्य ठहरिएको थियो । तनहुँमा २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

यस्तै ६८ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनामा सीएमसीले इन्जिनियरिङ, खरिद र निर्माणको जिम्मा लिएको थियो । यो निजी क्षत्रेबाट निर्माण गर्न लागिएको आयोजना हो । सहास ऊर्जा लिमिटेडले बनाइरहेको यो आयोजना अन्तरगत सोलु खोलाको पानी तिङ्लाबाट सुरुङमा हालेर मेकुबेँसीमा बन्ने विद्युतगृहमा खसालिँदैछ ।