४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

महोत्सवमा पर्यटकलाई निम्तो

महोत्सवमा पर्यटकलाई निम्तो
अ+ अ-

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् ।

व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी च्याप्टरको आयोजनामा लुम्बिनी बजारमा सडक खाना महोत्सव आयोजना गरिँदैछ ।

‘लुम्बिनी जाऔँ, सडकमा खाऔँ, सडकमै रमाऔँ’ नारासहित पुस १६ गतेदेखि सञ्चालन हुने सो सडक खाना महोत्सवमा नेपाली परिकारका साथै भारतीय, थाइल्याण्ड, चाइनिजलगायतका विभिन्न देशका खानाका परिकारका कक्ष राख्ने तयारी भइरहेको लुम्बिनी च्याप्टरका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिनुभयो ।

“सडक खाना महोत्सव आयोजना गर्दा पर्यटकको बढी सहभागिता र आकर्षण रहन्छ, यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाउँछ,” उहाँले भन्नुभयो । खाना महोत्सवमा ७० भन्दा बढी कक्ष राख्ने तयारी भइरहेको कार्यक्रमका संयोजक श्रेष्ठले बताउनुभयो । लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको खाना महोत्सवमा बिराहा नाच, स्थानीय जातजातिको सांस्कृतिक प्रदर्शनी, झाँकी प्रदर्शनीलगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहने सङ्घले जनाएको छ ।

पोखरामा महोत्सव, रुपन्देहीमा निम्तो

पोखरामा हुने सडक महोत्सवमा सहभागी हुन पोखरेलीले रुपन्देहीवासीलाई निम्तो दिएका छन् । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नाराका साथ पोखरामा यही पुस १३ देखि १७ गतेसम्म आयोजना हुने सो सडक महोत्सवमा सहभागी भई पर्यटन प्रवद्र्धनमा सहयोग गर्न रेस्टुरेन्ट एन्ड बार एशोसिएसन अफ नेपालले रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन गरी उक्त आग्रह गरेको हो । पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको पर्यटकीयस्थल लेकसाइडमा महोत्सवको आयोजना गरिने रेबानका अध्यक्ष बुधराज भुजेलले बताउनुभयो । रासस