२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्सवमा पर्यटकलाई निम्तो



अ+ अ-

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् ।

व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी च्याप्टरको आयोजनामा लुम्बिनी बजारमा सडक खाना महोत्सव आयोजना गरिँदैछ ।

‘लुम्बिनी जाऔँ, सडकमा खाऔँ, सडकमै रमाऔँ’ नारासहित पुस १६ गतेदेखि सञ्चालन हुने सो सडक खाना महोत्सवमा नेपाली परिकारका साथै भारतीय, थाइल्याण्ड, चाइनिजलगायतका विभिन्न देशका खानाका परिकारका कक्ष राख्ने तयारी भइरहेको लुम्बिनी च्याप्टरका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिनुभयो ।

“सडक खाना महोत्सव आयोजना गर्दा पर्यटकको बढी सहभागिता र आकर्षण रहन्छ, यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाउँछ,” उहाँले भन्नुभयो । खाना महोत्सवमा ७० भन्दा बढी कक्ष राख्ने तयारी भइरहेको कार्यक्रमका संयोजक श्रेष्ठले बताउनुभयो । लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको खाना महोत्सवमा बिराहा नाच, स्थानीय जातजातिको सांस्कृतिक प्रदर्शनी, झाँकी प्रदर्शनीलगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहने सङ्घले जनाएको छ ।

पोखरामा महोत्सव, रुपन्देहीमा निम्तो

पोखरामा हुने सडक महोत्सवमा सहभागी हुन पोखरेलीले रुपन्देहीवासीलाई निम्तो दिएका छन् । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नाराका साथ पोखरामा यही पुस १३ देखि १७ गतेसम्म आयोजना हुने सो सडक महोत्सवमा सहभागी भई पर्यटन प्रवद्र्धनमा सहयोग गर्न रेस्टुरेन्ट एन्ड बार एशोसिएसन अफ नेपालले रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन गरी उक्त आग्रह गरेको हो । पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको पर्यटकीयस्थल लेकसाइडमा महोत्सवको आयोजना गरिने रेबानका अध्यक्ष बुधराज भुजेलले बताउनुभयो । रासस