२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले जिते पाँचौ पटक गोल्डेन बुट, फुटबलमा सकियो रोनाल्डोको चुरीफुरी



अ+ अ-

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेसीले पाँचौ पटक गोल्डेन बुटको अवार्ड जितेका छन्।

लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै मेसीले पाँचौ पटक गोल्डेन बुट जित्दै कीर्तिमान बनाएका हुन्।
पाँचौ पटकसम्म गोड्ने बुट जित्ने एक्लो खेलाडी बनेका मेसीले सन् २०१७/१८ को सिजनमा युरोपका मुख्य लिगमा सर्वाधिक गोलकर्ता बनेका हुन्।

अर्जेन्टिनीनी खेलाडी मेसीलाई मंगलबार गोल्डेन बुट प्रदान गरिएको थियो ।

मेसीपछि युभेन्ट्सकाका लागि पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोले चार पटक गोल्डेन बुट जितिसकेका छन्।
पछिल्लो पटक सन् २०१५/१६ को सिजनमा गोल्डेन बुट जितेका रोनाल्डोले त्यस यता अवार्ड जित्न सकेका छैनन्।

मेसीले जितेका अवार्डहरू
सन् २००९/१० (३४) गोल
सन् २०११/१२ (५०) गोल
सन् २०१२/१३ (४६) गोल
सन् २०१६/१७ (३७) गोल
२०१७/१८ (३४) गोल
मेसीले गत सिजन ला लिगाको ३६ खेलबाट ३४ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्।
यस्तै लिभरपुलका सलाहले ३२ गोल गर्दै मेसीलाई पछ्याएका थिए।

यस्तै टोटेनहमका ह्यारी केन सर्वाधिक गोल गर्ने क्रममा तेस्रो नम्बरमा रहे। उनले ३० गोल गरेका थिए।
यस सिजन पनि गोल्डेन बलका दाबेदार मेसीले अहिलेसम्म १६ खेलबाट १४ गोल गरिसकेका छन्। एजेन्सी