![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौं । ललितपुरमा ट्याक्सी चालक माथि कुटपिट गरिएको छ । ललितपुरको पुल्चोकबाट शंखमुल जाने भनेर चढेका दुई अज्ञात युवाले चालकलाई कुटपिट गरेर साथमा भएको नगद र मोबाइल लुटेका छन् ।
लुटेराले बालकुमारीको झोलुङ्गे पुल नजिकै बा १ ज ६१५७ नम्बरका ४२ वर्षीय डम्बर खड्का चालकलाई कुटपिट गर्दै लुटेका महानगरीय प्रहरी परिसर जानकारी दिएको छ ।
कुटपिबाट ट्याक्सी चालक खड्का देब्रे आँखामा चोट लागेको छ । उनको हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।