२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिफोन नहुँदा स्थानीयवासीलाई सास्ती



अ+ अ-

सिंजा । तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ ।

सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाको पहल तथा समन्वयमा नेपाल टेलिकमले ‘टु जी’ सेवा विस्तार गरेको हो । टेलिफोन सेवा विस्तार भएपछि त्यहाँको सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिकाका वासिन्दा लाभान्वित भएका छन् ।

गत वर्षको स्थानीय तहको चुनावमा आफूले जनतामा गरेको बाचाअनुसार नै टेलिफोन सेवा विस्तार गरेको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । टेलिफोन नभएका कारण यहाँ सम्पन्न भएका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा निकै ठूलो कठिनाइ भएको छ ।

मत परिणामसमेत प्रहरीको सेटमार्फत सूचना लिनुपर्ने बाध्यता अब सिंजाको लागि हटेको अध्यक्ष रावलले जानकारी दिनुभयो । सिंजाको नराकोटमा राखिएको टेलिफोन टावर हवाई कम्पनीले निर्माण सम्पन्न भइसकेको छ । यो समय सिंजाली पुरुष धन कमाउन भारततिर गएपछि आफन्तसँग नियमित सम्पर्कसमेत हुन सकेको छैन । अहिले त्यहाँका महिला, पुरुषसँग कुराकानी गर्न नपाएको कनका सुन्दरी गाउँपालिका–५ का लालकली बूढाले बताउनुभयो ।

श्रीमान् भारत गएको महीना पुग्न लाग्यो, टेलिफोन नहुँदा सास्ती भएको छ, उहाँले भन्नुभयो । यहाँका हरेक बस्तीका पुरुष व्यापार व्यवसायको लागि भारततिर गएका छन् । स्थानीय तहले सञ्चारको लागि करोडौँ रकम छुट्याएका छन् । टेलिफोन विस्तारको लागि भने स्थानीय तहले अझै सक्रियता देखाउन सकेको छैनन् । रासस