१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिफोन नहुँदा स्थानीयवासीलाई सास्ती



अ+ अ-

सिंजा । तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ ।

सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाको पहल तथा समन्वयमा नेपाल टेलिकमले ‘टु जी’ सेवा विस्तार गरेको हो । टेलिफोन सेवा विस्तार भएपछि त्यहाँको सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिकाका वासिन्दा लाभान्वित भएका छन् ।

गत वर्षको स्थानीय तहको चुनावमा आफूले जनतामा गरेको बाचाअनुसार नै टेलिफोन सेवा विस्तार गरेको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । टेलिफोन नभएका कारण यहाँ सम्पन्न भएका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा निकै ठूलो कठिनाइ भएको छ ।

मत परिणामसमेत प्रहरीको सेटमार्फत सूचना लिनुपर्ने बाध्यता अब सिंजाको लागि हटेको अध्यक्ष रावलले जानकारी दिनुभयो । सिंजाको नराकोटमा राखिएको टेलिफोन टावर हवाई कम्पनीले निर्माण सम्पन्न भइसकेको छ । यो समय सिंजाली पुरुष धन कमाउन भारततिर गएपछि आफन्तसँग नियमित सम्पर्कसमेत हुन सकेको छैन । अहिले त्यहाँका महिला, पुरुषसँग कुराकानी गर्न नपाएको कनका सुन्दरी गाउँपालिका–५ का लालकली बूढाले बताउनुभयो ।

श्रीमान् भारत गएको महीना पुग्न लाग्यो, टेलिफोन नहुँदा सास्ती भएको छ, उहाँले भन्नुभयो । यहाँका हरेक बस्तीका पुरुष व्यापार व्यवसायको लागि भारततिर गएका छन् । स्थानीय तहले सञ्चारको लागि करोडौँ रकम छुट्याएका छन् । टेलिफोन विस्तारको लागि भने स्थानीय तहले अझै सक्रियता देखाउन सकेको छैनन् । रासस