• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

डा रेग्मीको योगदानबारे चर्चा



काठमाडौँ । डा. डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय विकास समितिले डा डिल्लीरमण रेग्मीको १०६ औँ जन्मजयन्तीको अवसरमा मङ्गलबार विभिन्न कार्यक्रम गरी शान्ति दिवस एवं श्रद्धाञ्जलि सभाको कार्यक्रम गरेको छ ।

कार्यक्रममा संस्कृति तथा पुरातत्वविद् हरिराम जोशीले डा रेग्मी आफ्ना जीवनकालभरि शान्ति, सत्य, अहिंसाका पक्षमा रहनुभएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर डा रेग्मीले नेल्सन मण्डेलाजस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वलाई शान्ति पुरस्कार दिने प्रस्तावसमेत गर्नुभएको थियो ।”

डा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष डा तुलसीप्रसाद भट्टराईले डा रेग्मी शान्तिको प्रतीक भएको बताउनुभयो ।

प्रा डा मोहन लोहनी, विकास समितिका पूर्वअध्यक्ष प्रेम छोटा र इतिहासकार चित्तरञ्जन नेपाली, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौलाले रेग्मीको व्यक्तित्वमाथि परिचर्चा गर्नुभएको थियो ।

डा रेग्मीको इच्छाअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार यस संस्थाबाट प्रदान गरिँदै आएको छ । कार्यक्रममा २५ जना महानुभावले रक्तदान गर्नुभएको थियो । रासस