२२ मंसिर २०८२, सोमबार
,
Latest
सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा रेग्मीको योगदानबारे चर्चा



अ+ अ-

काठमाडौँ । डा. डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय विकास समितिले डा डिल्लीरमण रेग्मीको १०६ औँ जन्मजयन्तीको अवसरमा मङ्गलबार विभिन्न कार्यक्रम गरी शान्ति दिवस एवं श्रद्धाञ्जलि सभाको कार्यक्रम गरेको छ ।

कार्यक्रममा संस्कृति तथा पुरातत्वविद् हरिराम जोशीले डा रेग्मी आफ्ना जीवनकालभरि शान्ति, सत्य, अहिंसाका पक्षमा रहनुभएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर डा रेग्मीले नेल्सन मण्डेलाजस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वलाई शान्ति पुरस्कार दिने प्रस्तावसमेत गर्नुभएको थियो ।”

डा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष डा तुलसीप्रसाद भट्टराईले डा रेग्मी शान्तिको प्रतीक भएको बताउनुभयो ।

प्रा डा मोहन लोहनी, विकास समितिका पूर्वअध्यक्ष प्रेम छोटा र इतिहासकार चित्तरञ्जन नेपाली, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौलाले रेग्मीको व्यक्तित्वमाथि परिचर्चा गर्नुभएको थियो ।

डा रेग्मीको इच्छाअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार यस संस्थाबाट प्रदान गरिँदै आएको छ । कार्यक्रममा २५ जना महानुभावले रक्तदान गर्नुभएको थियो । रासस