४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

अनन्त फुकुवा : थ्रीस्टार र मनाङबाहेकका क्लबबाट खेल्ने

अनन्त फुकुवा : थ्रीस्टार र मनाङबाहेकका क्लबबाट खेल्ने
अ+ अ-


काठमाडौँ । राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल्न पाउने भएका छन् ।

दुई ठूला क्लबबाट सम्झौता गरेपछि उनी जारी लिग खेल्नबाट वञ्चित हुँदै आएका थिए । अनन्तबारे विभिन्न सञ्चारमाध्यम मार्फत समाचार बाहिर आएपछि लिग खेल्न दुवै थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लबसँग सम्झौता गरेका उनलाई अन्तिम समयमा दुवै क्लबले फुकुवा गर्न सहमति जनाएका हुन् ।

दुवै क्लबले अनन्तको अनुबन्धन सम्झौता आफूसँग रहेको जिकिर गर्दै प्रतिद्वन्द्वी क्लबबाट खेल्न नदिने अडान लिएका थिए । सोही अडानका कारण राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी अनन्तको खेल भविष्य नै जोखिमपूर्ण बनेको थियो ।

आज दुवै क्लबका पदाधिकारी अखिल नेपाल फुटबल सङ्घ (एन्फा) गएर दुवै क्लबको सूचीमा रहेका अनन्तको नाम फिर्ता लिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

दुवै क्लबले खेलाडी दर्ताबाट अनन्तको नाम फिर्ता लिने भएपछि उनी एन्फाको कारवाहीबाट समेत जोगिने भएका छन् । दुवै क्लबसँग अनन्तले सम्झौता गरेको भेटिएपछि एन्फाले उनलाई कारवाहीको तयारी गरेको थियो ।

“खेलाडीको भविष्यलाई हेरेर अनन्तको नाम फिर्ता लिने निर्णय गर्यौँ” थ्रीस्टार अध्यक्ष अरुणमान जोशीले भन्नुभयो, “फुटबलकै विकासमा लागेको हुनाले खेलाडीले गल्तीलाई माफ दिने विषयमा दुवै क्लबबीच सहमति जुटायौँ ।”

मङ्गलबार साँझ थ्रीस्टार र मनाङका पदाधिकारीको अनौपचारिक बैठक बसेर अनन्तको नाम दुवै क्लबले फिर्ता लिने विषयमा सहमति जुटाएका थिए ।

थ्रीटार र मनाङ दुवै क्लबमा नरहने भएपछि अनन्तले अब लिगका बाँकी चार चरणका खेलहरू ती दुई क्लब बाहेकका क्लबबाट खेल्न बाटो खुलेको छ ।

जारी लिगमा नवौँ चरणका खेल आजदेखि सकिँदै छ । लिगका लागि थ्रीस्टारसँग सम्झौता हुँदाहुँदै उनले यस वर्ष मनाङसँग सम्झौता गरेपछि विवाद शुरु भएको थियो । एउटा खेलाडीले दुईवटा क्लबबाट सम्झौता गरेमा एक वर्षसम्म खेल्न नपाउने गरी कारबाही गर्ने एन्फाको प्रतियोगिता नियमावलीमा छ । रासस