४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

ठेकेदारले काम अलपत्र छाडेपछि अख्तियारको चासो

ठेकेदारले काम अलपत्र छाडेपछि अख्तियारको चासो
अ+ अ-

लहान । ठेकेदार कम्पनीले लामो समयदेखि सप्तरीको कुशाहा–बेल्ही सडकको काम अलपत्र छाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले चासो देखाएको छ ।

लामो समयदेखि सडक निर्माणलाई अलपत्र छाडेर बेपत्ता भएको र निर्माण भएका सडक र नालासमेत वर्षदिन नबित्दै भत्किन थालेको व्यापक जनगुनासोपछि आयोग इटहरीले पत्र काटेर सम्पूर्ण वितरण माग गरेको हो ।

आयोग इटहरीले गत २०७५ कात्तिक १५ मा जिल्ला प्राविधिक कार्यालय राजविराजको नाममा पत्र काटेर सडकको हालसम्मको अवस्था, सम्पन्न भएको र गर्न बाँकी रहेको कार्य, हालसम्म भुक्तानी भएको, निर्माण कार्य सम्पन्न नहुनुका कारण लगायतको विवरण माग गरेको छ ।

राष्ट्रि«य ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिए पनि ठेकेदार कम्पनी काम अलपत्र छाडेर सम्पर्कबिहीन भएपछि हाल करीब ५० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीले बताएका छन् ।

कूल रु ११ करोड एक लाख ७९ हजार ५५२ को लागतमा सञ्चालित उक्त योजनाअन्तर्गत निर्माणाधीन उक्त सडकसँगै सडक छेउमै पानी बहावको लागि निर्माण गरिएको नालासमेत एक/डेढ वर्ष नबित्दै भत्किन थालेको छ ।

तोकिएको समयसीमाभित्र सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन भने हालसम्म कालोपत्रे गरिएका सडकबाट ठाउँठाउँमा कालोपत्रे उप्किनुको साथै खाल्डाखुल्डी समेत देखिएको छ । तत्कालीन जिल्ला प्राविधिक कार्यालयका कर्मचारीको मिलोमतोमा रु सात करोड ३५ लाख ९४ हजार ३४५ निकासा भएको जनाइएको छ ।

जिल्ला प्राविधिक कार्यालय सप्तरीले पप्पु मृतसञ्जीवनी जेभि खसीबजार काठमाडौँ नामक ठेक्केदार कम्पनीलाई सो निर्माण कार्यको जिम्मा दिएको हो । सम्झौताअनुसार सडक स्तरोन्नति योजनाअन्तर्गत सडक छेउमा वृक्षरोपण समेत गर्ने भनिए पनि त्यसमा पनि चरम लापरवाही भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

बलानबिहुल गाउँपालिका–५ का वडाअध्यक्ष समेत रहनुभएका मो। हन्सुले भन्नुभयो, “एकातिर नालामा गुणस्तरहीन सामग्रीको प्रयोग भएको छ, भने अर्कोतिर नाला छोप्ने ढक्कन नलगाउँदा दुर्गन्धले समस्या भएको छ ।”

यस्तै कुशहादेखि बेल्हीस्थित भारतीय सीमावर्ती क्षेत्रसम्म करीब साढे १६ किलोमिटरसम्म निर्माण गरिने उक्त सडक निर्माणको काम समयमा पूरा नहुँदा सडकको विभिन्न ठाउँमा खाल्डाखुल्डी हुन थालेकाले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयवासीको भनाइ छ ।

ठेकेदार कम्पनीले कमिसनका लागि अन्य साना ठेकेदारमार्फत काम गराउँदा समयमा सडक निर्माणको काम पूरा नभएको र भएका काम पनि गुणस्तरहीन भएको भन्दै स्थानीयवासीले सो निर्माण कार्यको छानबिन हुनुपर्ने माग गरेका छन् ।

यता प्रदेश सरकारअन्तर्गत सिरहामा स्थापना गरिएको जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख राजकुमार गोइतले सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी रोक्का गराएपछि शुरुवात गर्ने छाटकाट देखाए पनि पुनः काम रोकेको बताउनुभयो । काम शुरुवात नगरे अब कडा रुपमा प्रस्तुत हुने गोइतको भनाइ छ । रासस