२२ मंसिर २०८२, सोमबार
,
Latest
सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने



अ+ अ-

चितवन । यही पुस २५ गतेदेखि शुरु हुने चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने भएको छ । नारायणी नदी किनारमा आगामी माघ ४ गतेसम्म हुन लागेको महोत्सव नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकीय गतिविधि केन्द्रित हुन लागेको हो ।

उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गर्ने सो महोत्सवमा कृत्रिम चिडियाखाना, पर्यटन सम्बन्धित राष्ट्रियस्तरका गोष्ठी, पर्यटक प्याकेज, जलविहार, डुङ्गा दौड जस्ता गतिविधि गरिने छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानका अनुसार यहाँ पाइने १० र नेपालमा नपाइने १० जनावर र चरा चुरुङ्गीको चलायमान र आवाज निकाल्ने गरी मूर्ति बनाउन लगाइएको छ ।

नेपालका बाघ, गैंँडा, हात्ती, भालु जस्ता जनावर र यहाँ नपाइने कङ्गारु, जेब्रा, डाइनोसर जस्ता जनावरका प्रतिकात्मक मूर्ति चिडियाखानामा हुनेछन् । महोत्सवको अवधिभर स्वदेशी विदेशी विज्ञको सहभागितामा राष्ट्रियस्तरका गोष्ठी र छलफल चलाइने छ ।

चितवनका पर्यटकीय स्थलमा सस्तो र सुलभ प्याकेज निर्माण गरी पर्यटकलाई घुमाउने, खुवाउने र बसाउने कार्यक्रम रहेको छ । नारायणी नदीमा मोटरबोट, ¥याफटिङ र डुङ्गामार्फत जलविहार गराइँदैछ । बोटे जातिको पेशा संरक्षण गर्दै उनीहरूबीच डुङ्गा दौडसमेत गर्न लागिएको प्रधानले बताउनुभयो ।

हेलिकप्टरबाट दृश्यावलोकन समेत गराइने छ । महोत्सव परिसरमा निर्माण गरिने मनोरञ्जन उद्यानले दर्शकलाई आकर्षण दिनेछ । यहांँका १०० वटा पर्यटकीय गन्तव्यलाई छनोट गरी पर्यटक गाइड बुक तथा ब्रोसरसमेत तयार गरिएको छ । हरेक दुईरदुई वर्षमा उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गर्दै आएको १२औंँ यस महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

महोत्सवमा पाँच सय भन्दा बढी कक्ष रहने छन् । यस वर्ष महोत्सवमा ‘मेड इन नेपाल’ भन्ने छुट्टै कक्ष परिसर बनाइदै छ परिसरमा उत्पादित वस्तुको २० कक्ष रहने उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुमनारायण श्रेष्ठले बताउनुभयो । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनुले यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने र सरकारको नेपाल भ्रमण वर्ष सन् २०२० को लक्ष्य पूरा गर्न सहयोगी हुने बताउनुभयो । रासस