१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका किशोरी बुटिक तालीम लिँदै



अ+ अ-

कपिलवस्तु । दायाँ खट्टाले राम्रोसँग टेक्न र हिँडडुल गर्न नसक्ने फूलकुमारी थारू सपाङ्गभन्दा कम हुनुहुन्न । केही गर्ने जोस जाँगर भएकी शिवराज नगरपालिका–२ की फूलकुमारी अहिले बुटिक तालीम लिँदै हुनुहुन्छ ।

उहाँले भन्नुभयो, “हामीजस्ताको हातमा सीप नभएकै कारण बेरोजगार बस्नुपर्ने बाध्यता रहेको थियो । अहिले बुटिक तालीम लिँदै छु ।” बुटिक तालीम लिएपछि उहाँले यसै पेशालाई व्यावसायिक बनाउने बताउनुभयो ।

स्टोमाफाउण्डेसन, किर्डाक नेपाल र नगरपालिकाको सहयोगमा नगरस्तरीय आपाङ्गता पुनःस्थापन समितिले आयोजना गरेको दुई महीने बुटिक तालिममा १० जना अपाङ्ग किशोरी सहभागी भएका छन् । हातमा सीप नभएकै कारण अहिले धेरै किशोरी बेरोजगार रहेको उल्लेख गर्दै समितिका अध्यक्ष दीपक खड्काले भन्नुभयो, “यो सीपलाई व्यावसायिक बनाउन सके राम्रो कमाइको बाटो हुन सक्छ ।

तालीममा सहभागीहरूले दैनिक जीवनमा आइपर्ने घरेलु समस्या समाधान गर्न यसै पेशालाई व्यावसायिक रूप दिन सकिने बताए । घरमै बसेर स्वरोजगारको रूपमा बुटिक पेशालाई अगाडि बढाउन सकिने उनीहरूले बताए । गत मङ्सिर १० गतेदेखि बुटिक तालीम शुरु भएको हो । रासस