४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन

तीस हजार मेट्रिक टन मल बन्दरगाहमै

तीस हजार मेट्रिक टन मल बन्दरगाहमै
अ+ अ-


वीरगञ्ज । केही दिनयता भारतको आन्ध्र प्रदेशमा आएको चक्रवातका कारण कृषि सामग्री कम्पनी लिमिटेडको ३० हजार मेट्रिक टन रासायनिक मल विशाखापट्टनम बन्दरगाहमा रोकिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका अनुसार विगत केही दिनदेखि भारतको आन्ध्रप्रदेशमा आएको चक्रवातको कारण विशाखापट्टनम बन्दरगाहमा रहेको रेल्वे लिकमा अवरोध भएपछि युरिया मल २५ हजार मेट्रिक टन तथा पोटास पाँच हजार मेट्रिक टन रोकिन गएको हो ।

विशाखापट्टनम बन्दरगाहबाट रेल मार्ग हुँदै उक्त रासायनिक मल वीरगञ्जको अलौस्थित एकीकृत जाँच चौकी ९आइसिपी०मा आउनुपर्ने लिमिटेडका क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले राससलाई बताउनुभयो ।

उहाँले अन्य रासायनिक मल मौज्दात अवस्थामा रहे पनि पोटासको अभाव भएकाले केही मात्रामा भए पनि गहुँ खेती प्रभावित हुने बताउनुभयो ।

कम्पनीले पर्सा जिल्लामा रहेको आफ्ना १०० डिलरमार्फत चालू आवको साउनदेखि मङ्सिरसम्ममा युरिया सात हजार ४४६ मेट्रिक टन, डिएपी चार हजार ६२५ मेट्रिक टन तथा पोटास ११ मेट्रिक टन बिक्री गरेको छ । रासस