• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर ★   कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, कांग्रेसको बहिस्कार ★   कांग्रेस बैठक आज : नीति तथा कार्यक्रमबारे के गर्ला निर्णय ? ★   उपेन्द्र यादव आज सरकारबाट बाहिरिँदै ★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस् ★   बिहान खाली पेटमा यी फलफुल खानुहोस् ★   तौल घटाउन बिहान खाली पेटमा कागती पानी पिउनुहुन्छ भने सावधान ! ★   आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै ★   म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

टहरामा वडापालिका



जुम्ला ।  स्थानीय तहमा कर्मचारी व्यवस्थापनदेखि कार्यालय स्थापनाको काम भइरहेको जनाए पनि दुई नगरपालिका र सात गाउँपालिका भाडाको घर वा काठका टहरा निर्माण गरेर भए पनि सेवा प्रवाह गरिरहेका छन् ।

भौतिक संरचना अभावका कारण एउटै भवनबाट दुई वा दुईभन्दा बढी कार्यालय राखी सेवा दिँदा प्रभावकारी नहुने सेवाग्राही पनि द्विविधामा पर्ने कर्मचारीको भनाइ रहेको छ । कतिपय गाउँपालिकामा कृषि, भेटनरी र अन्य प्रशासनिक काम पनि एकै टेबुलबाट गर्नुपर्ने बाध्यता रहेको जनाएको छ ।
सिजा गाउँपालिका–३ नं वडा काठको टहरा निर्माण गरी कार्यालय सञ्चालनमा रहेको छ । वार्षिक १५ हजार जग्गाको भाडा दिने गरी वडापालिकाले टहरा निर्माण गरी सेवा प्रवाह भइरहेको वडाध्यक्ष तिलाचन्द्र चौलागार्इंले बताउनुभयो । उहाँले भन्नुभयो, “काठको टहरामा वडापालिका सञ्चालन गर्दा यसको सुरक्षा चुनौती छ नै तर पनि नजिकै इलाका प्रशासन कार्यालय र नजिकै प्रहरीचौकी भएकाले खासै समस्या नहोला कि भन्ने छ ।”

साविकको गाविस भवन वडा नं–३ को भवन छ तर त्यसै भवनमा स्थानीय सामुदायिक रेडियो सञ्चालन भएकाले समस्या भएको हो उहाँले भन्नुभयो, “अर्को भवन पायक पर्ने ठाउँमा नभएकाले पनि नराकोट बजारमा टहरा निर्माण गरेर सेवा दिएका छौँ ।

जुम्लाका एक नगरपालिका, सात गाउँपालिका र ६० वडापालिकाका कार्यालय रहेका छन् । चन्दननाथ नगरपालिका आफ्नै भवनबाट सेवा प्रवाह गरिहेको छ भने अन्य सात गाउँ भाडाकै घरमा स्थापना गरिएका छन् ।

त्यसैगरी ६० वडापालिकाकामध्ये २९ वडापालिका साविकका गाविस भवनमा स्थापना गरी सेवा प्रवाह गरिरहेको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लाखबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयोे, “केही वडापालिकाका कार्यालय र गाउँपालिकाका कार्यालय निर्माणाधीन अवस्थामा रहेका छन् । अन्य ३१ वटा वडापालिका कार्यालय भाडाकै घरबाट चलिरहेका छन् ।” रासस