१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा



अ+ अ-


काठमाडौँ । भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिर र पर्खाल नबन्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण नारायण मन्दिर र सँगैको सत्तल पुनःनिर्माणका लागि पुरातत्व विभाग एवं गुठी संस्थानसँग अनुरोध गर्दा समेत प्रक्रियाअघि बढ्न नसकेको पूजारी रोहिणीप्रसाद पौडेलले गुनासो गर्नुभयो ।

भूकम्पपछि काठमाडौँ महानगरपालिका–१ कार्यालयका प्राविधिकले आइ नापजाँच गरे पनि चिरा परेको सत्तल र दरबार घेरिएको पर्खाल बनाउने काम अघि बढ्न सकेको छैन । पैदल मार्गसँग जोडिएको पर्खाल चिराचिरा परेको छ । पैदल हिँड्दा पर्खाल भत्केर थिच्ने त्रास हुने गरेको यात्रु नर्वदा श्रेष्ठले बताउनुभयो ।

पुरातात्विक सम्पदा पुनःनिर्माणको जिम्मेवारी पाएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर नारायणहिटी दरबार क्षेत्रमा भत्किएका संरचना बनाउन रु आठ करोड लागत अनुमान गरिएको बताउनुहुन्छ । त्यस क्षेत्रका सम्पदा पुनःनिर्माणको जिम्मेवारी नारायणहिटी दरबार सङ्ग्रहालयलाई नै दिइएको उहाँले जानकारी दिनुभयो । रासस