२२ मंसिर २०८२, सोमबार
,
Latest
सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा



अ+ अ-


काठमाडौँ । भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिर र पर्खाल नबन्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण नारायण मन्दिर र सँगैको सत्तल पुनःनिर्माणका लागि पुरातत्व विभाग एवं गुठी संस्थानसँग अनुरोध गर्दा समेत प्रक्रियाअघि बढ्न नसकेको पूजारी रोहिणीप्रसाद पौडेलले गुनासो गर्नुभयो ।

भूकम्पपछि काठमाडौँ महानगरपालिका–१ कार्यालयका प्राविधिकले आइ नापजाँच गरे पनि चिरा परेको सत्तल र दरबार घेरिएको पर्खाल बनाउने काम अघि बढ्न सकेको छैन । पैदल मार्गसँग जोडिएको पर्खाल चिराचिरा परेको छ । पैदल हिँड्दा पर्खाल भत्केर थिच्ने त्रास हुने गरेको यात्रु नर्वदा श्रेष्ठले बताउनुभयो ।

पुरातात्विक सम्पदा पुनःनिर्माणको जिम्मेवारी पाएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर नारायणहिटी दरबार क्षेत्रमा भत्किएका संरचना बनाउन रु आठ करोड लागत अनुमान गरिएको बताउनुहुन्छ । त्यस क्षेत्रका सम्पदा पुनःनिर्माणको जिम्मेवारी नारायणहिटी दरबार सङ्ग्रहालयलाई नै दिइएको उहाँले जानकारी दिनुभयो । रासस