• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर

तराई मधेश कार्यक्रमका लागि १३ योजना छनोट



लमही । दाङमा तराई मधेश समृद्धि कार्यक्रमका लागि १३ वटा योजना छनोट भएका छन् । तराई–मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माका अनुसार दाङका १३ वटा योजनाका लागि रु सात करोड ७५ लाख बजेट छुट्याइएको छ ।

सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेशका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न तराई–मधेश समृद्धि कार्यक्रम लागू गरेको छ ।

तराई–मधेशमा बसोबास गर्ने जनताको सघन रुपमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न एवं जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको हो ।

जसमा शक्ति प्रावि लमहीलाई रु ५० लाख, दलित सचेतनाको लागि भवन निर्माण लमहीका लागि रु ३० लाख, जनता उच्च मावि गढवाका लागि रु ७० लाख, साधारण मावि गंगदी राजपुर भवन निर्माणका लागि ४० लाख, जनज्योति मावि बेला राजपुर भवन निर्माणका लागि रु ४० लाख, आधारभूत विद्यालय दुलैहैया राजपुरका लागि रु ४० लाख बजेट परेको छ ।

थारू संस्कृति भवन निर्माण राप्ती गाउँपालिकाका लागि रु ५० लाख, अस्पताल भवन निर्माण राप्ती गाउँपालिकाका लागि रु २५ लाख, साविक धर्नाको नैनावारमा थारू महिला भवन निर्माण गर्न रु ३० लाख, घोराही उपमहानगरपालिकामा मुक्त कमलहरी भवन निर्माण गर्न रु ८० लाख, स्वास्थ्य चौकी भवन निर्माण गर्न घोराही उपमहानगरपालिका १, ३ र ८ वडाको लागि रु ५० लाख बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।

यसै गरेर हाटबजार पूर्वाधार निर्माण घोराही उपमहानगरपालिकामा रु ५० लाख, प्राबि तिमिले बङलाचुली भवन निर्माणका लागि रु ३० लाख, आधारभूत विद्यालय कडुले बङ्गलाचुली भवन निर्माण गर्न रु ४० लाख, तरकारी तथा फलफूल बजार भौतिक पूर्वाधार तुलसीपुर उपमहानगरपालिका–६ का लागि रु एक करोड र राजापुर कपडादेवी थारू गाउँ हुँदै एयरपोर्ट सुकुमवासीटोल सडक कालोपत्रे तुलसीपुरका लागि रु ५० लाख बजेट पारेको उहाँले जानकारी दिनुभयो ।

साथै प्रतिनिधिसभा सदस्य मेटमनी चौधरीले थप महत्वपूर्ण योजनाको लागि प्रयास भइरहेको भन्दै साविक राजपुर गाउँपालिकामा तुलनात्मक रूपमा अलि धेरै बजेट पारिएको दाबी गर्नुभयो । रासस