४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

तराई मधेश कार्यक्रमका लागि १३ योजना छनोट

तराई मधेश कार्यक्रमका लागि १३ योजना छनोट
अ+ अ-

लमही । दाङमा तराई मधेश समृद्धि कार्यक्रमका लागि १३ वटा योजना छनोट भएका छन् । तराई–मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माका अनुसार दाङका १३ वटा योजनाका लागि रु सात करोड ७५ लाख बजेट छुट्याइएको छ ।

सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेशका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न तराई–मधेश समृद्धि कार्यक्रम लागू गरेको छ ।

तराई–मधेशमा बसोबास गर्ने जनताको सघन रुपमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न एवं जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको हो ।

जसमा शक्ति प्रावि लमहीलाई रु ५० लाख, दलित सचेतनाको लागि भवन निर्माण लमहीका लागि रु ३० लाख, जनता उच्च मावि गढवाका लागि रु ७० लाख, साधारण मावि गंगदी राजपुर भवन निर्माणका लागि ४० लाख, जनज्योति मावि बेला राजपुर भवन निर्माणका लागि रु ४० लाख, आधारभूत विद्यालय दुलैहैया राजपुरका लागि रु ४० लाख बजेट परेको छ ।

थारू संस्कृति भवन निर्माण राप्ती गाउँपालिकाका लागि रु ५० लाख, अस्पताल भवन निर्माण राप्ती गाउँपालिकाका लागि रु २५ लाख, साविक धर्नाको नैनावारमा थारू महिला भवन निर्माण गर्न रु ३० लाख, घोराही उपमहानगरपालिकामा मुक्त कमलहरी भवन निर्माण गर्न रु ८० लाख, स्वास्थ्य चौकी भवन निर्माण गर्न घोराही उपमहानगरपालिका १, ३ र ८ वडाको लागि रु ५० लाख बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।

यसै गरेर हाटबजार पूर्वाधार निर्माण घोराही उपमहानगरपालिकामा रु ५० लाख, प्राबि तिमिले बङलाचुली भवन निर्माणका लागि रु ३० लाख, आधारभूत विद्यालय कडुले बङ्गलाचुली भवन निर्माण गर्न रु ४० लाख, तरकारी तथा फलफूल बजार भौतिक पूर्वाधार तुलसीपुर उपमहानगरपालिका–६ का लागि रु एक करोड र राजापुर कपडादेवी थारू गाउँ हुँदै एयरपोर्ट सुकुमवासीटोल सडक कालोपत्रे तुलसीपुरका लागि रु ५० लाख बजेट पारेको उहाँले जानकारी दिनुभयो ।

साथै प्रतिनिधिसभा सदस्य मेटमनी चौधरीले थप महत्वपूर्ण योजनाको लागि प्रयास भइरहेको भन्दै साविक राजपुर गाउँपालिकामा तुलनात्मक रूपमा अलि धेरै बजेट पारिएको दाबी गर्नुभयो । रासस