४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

अनुदानित रासायनिक मल मनोमानी मूल्यमा बिक्री

अनुदानित रासायनिक मल मनोमानी मूल्यमा बिक्री
अ+ अ-


धनगढी । कैलाली जिल्लाका कतिपय सहकारी संस्थाले सरकारको अनुदानित रासायनिक मलको मूल्य मनोमानी ढङ्गले तोकेर किसानलाई बिक्री गरिरहेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले मलको कारोवारबारे गरिएको स्थलगत अनुगमनका क्रममा जिल्लाका कतिपय सहकारी संस्थाले मनोमानी ढङ्गले मलको मूल्य निर्धारण गरी बिक्री गरिरहेको पाइएको जानकारी दिनुभयो ।

कर्पोरेशनको अनुगमन टोलीले दुई दिनअघि कैलालीका धनगढी उपमहानगरपालिका, भजनी नगरपालिकाका साथै बर्दगोरिया, जोशीपुर र कैलारी गाउँपालिकामा सरकारी अनुदानको मलको कारोवार गरिरहेका सहकारी संस्था एवं कृषक समूहको कारोवारबारे स्थलगत अनुगमन गरेको थियो ।

स्थानीय तहको सिफारिसमा साल्ट ट्रडिङ कर्पोरेशनले सम्बन्धित क्षेत्रका सहकारी संस्थालाई अनुदानित रासायनिक मल बिक्री वितरण गर्दै आएको छ । सहकारी संस्थाले किसानलाई यो मल बिक्री गर्दै आएका छन् ।

अनुदानको रासायनिक मलको बिक्री मूल्य सहकारी संस्थापिच्छे फरकफरक रहेको पाइएको अनुगमन टोलीको नेतृत्व गर्नुभएका सहायक महाप्रबन्धक पाण्डेले राससलाई जानकारी दिनुभयो । “५० किलोको अनुदानको युरिया मल प्रतिबोरा बढीमा रु ९०० मा बेच्नुपर्नेमा रु ९५० मा बिक्री गरेको पाइएको छ” पाण्डेले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहने मलखाद आपूर्ति तथा वितरण व्यवस्थापन जिल्लास्तरीय समितिको बैठकमा जिल्लाभरि नै ५० किलोको प्रतिबोरा युरिया रु ९००, डिएपी रु दुई हजार ४०० र पोटास रु एक हजार ८०० मा बिक्री गर्नुपर्ने अनौपचारिक सहमति विपरीत उक्त मलको मनोमानी मूल्यवृद्धि गरिएको पाण्डेले बताउनुभयो ।

मलको मूल्यमा एकरुपता नभएको, ५० किलोभन्दा घटी परिमाणमा मल खरीद गर्न चाहनेले मल नपाउनेजस्ता कारणले लक्षित साना किसानले मल नपाउने, मलको अभाव हुनेलगायतका समस्या सिर्जना हुने गरेको बताइएको छ ।

मलको मूल्य मनोमानी ढङ्गले वृद्धि गरेर किसानलाई बिक्री गर्ने गरेको भए पनि मूल्यमा एकरुपता कायम गर्नमा स्थानीय तह उदासीन देखिएको गुनासो किसानले गर्न थालेका छन् । कर्पोरशनले गएको साउनदेखि मङ्सिरसम्म सुदूरपश्चिम प्रदेशका २० वटा स्थानीय तहले गरेको सिफारिशका आधारमा सम्बन्धित क्षेत्रका सहकारी संस्थालाई अनुदानित युरिया मल २० हजार ९९७ बोरा, डिएपी २५ हजार ९३८ बोरा र पोटास दुई हजार १०६ बोरा बिक्री गरेको छ ।

यस्तै गैरअनुदानित एसएसपी सादा प्रतिबोरा छ हजार ९२६, एसएसपी जिंक प्रतिबोरा दुई हजार ७७७, एसएसपी बारोन प्रतिबोरा ९७८ बोरा र एसएस प्रतिबोरा ७९३ बिक्री गरेको जनाएको छ ।

परिपत्रको पालना भएन

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गएको जेठ महीनामा अनुदानित सरकारी मलखाद के कति मूल्यमा बिक्री वितरण भइरहेकाको छ त्यसको मूल्य प्रमाणीकरण गरी पठाइदिन स्थानीय तहलाई गरेको परिपत्रको अहिलेसम्म पालन नभएको पाइएको कर्पोरेशनका मलखाद फाँटका रामचन्द्र जोशीले बताउनुभयो ।

केही स्थानीय तहले मन्त्रालयको परिपत्रको पालना गरेको भए पनि अधिकांश स्थानीय तहले मलको मूल्य प्रमाणीकरण गरी नपठाएको देखिएको जोशीले जानकारी दिनुभयो । कैलाली जिल्लामा अहिले पनि रासायनिक मलखादको अभाव देखिएको छ ।

मङ्सिर पहिलो हप्ता गहुँ छरेका किसानलाई यति बेला युरिया मलको अभाव भएको हो । सरकारी अनुदानको मल साल्ट ट्रडिङ र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत् सहकारी संस्था एवं कृषक समूहमा बिक्री गर्ने गरिएको छ । रासस