४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

नेपालमै पहिलो जैविक रिसोर्ट

नेपालमै पहिलो जैविक रिसोर्ट
अ+ अ-

विदुर । कृषि र पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोटमा नेपालकै पहिलो एग्रो टुरिजममा आधारित जैविक रिसोर्ट सञ्चालन गरिने भएको छ । नुवाकोटको बेल्कोटगडी नगरपालिका–८ जिलिङको फेदीमा ड्रिम ल्याण्ड रिसोर्ट एण्ड प्राङ्गारिक फार्म हाउस रु २५ करोडको लगानीमा सञ्चालनको तयारी हुन लागेको हो ।

स्थानीय नेपाली परम्परा, संस्कृति, लोप हुन लागेका पुर्खौली वस्तु र पर्यटन प्रवद्र्धमा धार्मिक महत्वको जर्गेना र विकास गर्ने उद्देश्यका साथ यस रिसोर्ट सञ्चानमा ल्याउन लागिएको रिसोर्टका अध्यक्ष विष्णुप्रसाद नेपालले बताउनुभयो । त्यसका लागि पाँच करोडको जग्गा खरीद गर्नुका साथै रु १५ करोडको पूर्वाधार निर्माणमा लगानी गरिने उहाँले बताउनुभयो ।

“पर्यटनलाई लक्षित गरेर हामीले सम्भवतः नेपालमै पहिलो जैविक रिसोर्ट सञ्चालन गर्न लागेका हौँ”, अध्यक्ष नेपालले पर्यटन र मानव स्वास्थ्य तथा मानिसको जीवनशैलीमा यसको महत्व दर्शाउँदै भन्नुभयो, “समयको विकासक्रम सँगसँगै हरेक भान्सा र खाद्य परिकारमा जैविक मिश्रणले मानव स्वास्थ्यमा निम्त्याइरहेको हानिलाई पनि न्यूनीकरण गर्न यो रिसोर्ट एक अध्ययन केन्द्र बन्न सक्छ ।” उहाँका अनुसार यो एग्रो टुरिजम ९कृषि पर्यटन० का रुपमा विकास गरिने दीर्घकालीन लक्ष्य रहेको छ ।

यसबाहेक केरुङ नाका जोड्ने सडक मार्गसँगै अवस्थित छ भने धार्मिक महत्वको हिसाबले प्रसिद्ध देवीघाटको जालपा क्षेत्र, मानसरोवर र गोसाइँकुण्ड जाने धार्मिक पर्यटकको रुटमा समेत यो देवीघाटमा बन्ने रिसोर्ट भएकाले धार्मिक पर्यटनको प्रवद्र्धनमा सघाउ पुग्ने उपेक्षा गरिएको छ । हाल निर्माणाधीन मध्यपहाडी लोकमार्गसमेतले यसलाई समेटेको छ ।

यस प्रकृतिको रिसोर्टका लागि पहिलो ठूलो लगानीमा आउन लागेको यस रिसोर्टमा सबै प्रकारको सेवा–सुविधा सम्पन्न रहने उहाँले बताउनुभयो । रिसोर्टमा आउने पाहुनाको लागि खाने परिकारदेखि लिएर हरेक सामान जैविक हुने नेपालले बताउनुभयो ।

अध्यक्ष नेपाल भन्नुहुन्छ, “हाम्रो रिसोर्टको मुख्य विशेषता भनेको पुराना लोप भएका पुर्खाको चिनोलाई रिसोर्टमा राखिनेछ खानेकुरा सबै जैविक नै हुनेछ ।” यसबाहेक यहाँ आएका हरेक पर्यटक तथा पाहुनाले यहाँ पालिएका गाईभैँसीको दूध, कुखुरालगायत रिसोर्टमै उत्पादित तरकारी र फलफूल आफ्नो चाहना र रुचिअनुसार खान पाउनेछन् । “ती सबै विषदीरहित जैविक हुनेछ”, नेपालले भन्नुभयो ।

रिसोर्टलाई चाहिने तरकारी सबै यही फार्म हाउसभित्रै उत्पादन गरिनुका साथै त्रिशूलीको प्रसिद्ध बदाम, मासको दाल, मुरली मकै, भटमास, मौसमअनुसार मकै र कोदोको ढिडो, गहुँको पीठोको रोटी, मस्याङ, जुनेलो, लहरीको दाल, घैयाको चामलको भातलगायतका खानेकुरा समेत राखिएको छ ।

यी सबै जैविक सामानले राख्दा विदेशी पाहुनाले नेपाली पुर्खाको सामान यस्ता राम्रा हुँदा रहेछन् भनेर थाहा पाउनेछन् । नुवाकोटको पहिचान जोगाउने र अर्कोतर्फ लोकल र जैविक खाने कुराले स्वास्थ्यका लागि फाइदा पनि हुने, व्यापार व्यावसायमा पनि राम्रो आम्दानी हुने भएकाले योजनासहित रिसोर्टको काम अघि बढाएको सञ्चालकले बताएका छन् ।

ड्रिम ल्याण्ड रिर्सोड एण्ड जैविक फार्म हाउसमा गाउँघरमा हुने पुराना संस्कृति झल्किने सामान जस्तैः ढिकी, जाँतो, ओखल, खल, हँसिया, करौँती, हलोजुवा, कोदाली, कुट्टोलगायतका मौलिक कृषि औजार तथा सामान हेर्नका लागि राखिने रिसोर्टका सचिव नुरप्रसाद दाहाल बताउनुहुन्छ ।

“अहिलेको पुस्तालाई पुराना परम्परा र संस्कृतिको विषयमा केही थाहा नभएको हुनाले नै यी सामान राख्न लागिएको हो”, मौलिक संस्कृति र गरिमालाई झल्काउने सामग्रीका कारण पनि पर्यटनको प्रवद्र्धनमा मद्दत पुग्ने बताउँदै सचिव दाहालले भन्नुभयो, “नयाँ विशेषतासहितको रिसोर्टले गर्दा विदेशीको मोह यसप्रति बढोस् र स्वदेशीले पनि पुराना पुर्खौली वस्तुको विषयमा जानकार रहिरहुन् भन्ने हाम्रो पहिलो प्राथमिकता पनि हो ।”

दाहालका अनुसार ४२ रोपनीमा सञ्चालन हुन लागिएको रिसोर्टमा आफ्नै फार्म हाउसभित्रै स्वदेशी तथा विदेशी पर्यटकलाई दूधको लागि गाईहरु पाल्ने योजना छ । स्थानीयस्तरमा उत्पादन हुने दूध, मोही, दही रिर्सोटमा आउने ग्राहकलाई खुवाइने छ । त्रिशूलीको लोकल माछा त्यहीँ रिसोर्टमै पाल्ने, बाख्रा पाल्ने, स्थानीय प्रजातिका कुखुरा पाल्ने योजनासमेत रहेको रिसोर्टले जनाएको छ । रासस