२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज भन्सारको ज्यादति, सवारीसाधन आवातजावत पार्यो ठप्प



अ+ अ-


वीरगञ्ज । वीरगञ्ज भन्सारबाट सवारीसाधनमा आवातजावतमा रोक लगाईएको छ । बढ्दो भन्सार छलि र तस्करी रोक्न भन्दै भन्सार कार्यालयले बुधबारबाट सवारीसाधनमा कडाई गरेर आवातजावात ठप्प पारेको हो।

सिमापार आवतजावत गर्दा सवारीसाधनबाट उत्रिएर तोकेको स्थानबाट मात्रै पैदल यात्रा गर्न भन्सार कार्यालयले आदेश जारी गरेको छ । तर, बृद्धबृद्धा र शारिरिक अपाङगता भएकाहरु ब्यत्तिलाई भने यो नियम बाध्यकारी नहुने कार्यालयले स्पष्ट पारेको छ ।

स्थानीय राजनीतिक दलबाट नै यसको विरोध हुदाँ हुदै वीरगञ्ज भन्सार नाकाबाट हुने पोके तस्करी नियन्त्रण गर्नसमेत यात्रु लेन प्रभावकारी हुने भन्दै सुधारको बाटो रोजेको भन्सारर कार्यलयले जानकारी दिएको छ ।

यता, भन्सार क्षेत्रमा सर्वसाधरणलाई अनावश्यक दुःख दिएको भन्दै वीरगञ्ज भन्सार कार्यालयको मुल गेटमा युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले भन्सार प्रशासनबिरुद्ध नाराबाजीसमेत गरेका छन् ।

आन्दोलनकारीले दिउँसो वीरगञ्ज भन्सार क्षेत्रमा झण्डै एक घण्टा प्रदर्शन गरेका थिए ।