२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक बिदा पुनर्स्थापनाको माग गर्दै बिरोध प्रदर्शन



अ+ अ-

 

काठमाडौँ । आदिवासी जनजातिले आफ्ना चाडहरुमा दिइँदै आएको सार्वजनिक बिदा पुनर्स्थापनाको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । बुधबार माइतीघर मण्डलामा जम्मा भएका आदिवासीले माईतिघर मन्डला घेराउ गरि प्रदर्शन गरेका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातीय समुदायले बुधबार दिउँसो प्रदर्शनकारीले धर्मनिरपेक्षता कायम गर, राष्ट्रिय पर्व बिदा कायम गर, सांस्कृतिक विभेद अन्त्य गरजस्ता नारा लगाएका थिए । गुरुङ, तामाङ, शर्पा समुदायको तमु, सोनाम, ग्याल्बो ल्होछार, किरात समुदायको चासोक तङनाम, उधौली, उभौली, मगरलगायतका माघी पर्व, माघे संक्रान्तिको सार्वजनिक बिदा कटौतीको निर्णय फिर्ता गर्नुपर्नेजस्ता प्लेकार्ड, जातीय संस्थाहरुको झन्डा, व्यानरसहित कार्यक्रममा सहभागी भएका थिए ।

विरोध कार्यक्रमपछिको कोणसभामा वक्ताहरुले निर्धनिरपेक्ष मुलुकमा आफ्ना समुदायको चाडपर्वको बिदा कटौती गरेर राज्यले सांस्कृतिक विभेद गरेको आरोप लगाए । उनीहरुले सरकारले बिदा कटौतीको निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।