४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

चितवनलाई हराउँदै भैरहवा क्वालिफायरमा

चितवनलाई हराउँदै भैरहवा क्वालिफायरमा
अ+ अ-


काठमाडौं । भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको नक आउट चरणमा प्रबेश गरेको छ । भैरहवाले चितवन टाइगर्सलाई चार विकेटले पराजित गर्दै क्वालिफायर राउण्डमा प्रवेश गर्न सफल भएको हो ।

चितवनले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३९ रन जोडेको थियो । प्रतिउतरमा भैरहवाले भैरहवाले १८.२ ओभरमा ६ विकेटको क्षतिमा १४० रनको साथ लक्ष्य पूरा गर्‍यो ।

भैरहवाको जितमा कुशल मल्ल र रोहितकुमार पौडेलले चार ओभरमा ५१ रनको साझेदारी गरे । कुशल २७ रनमा अविजित रहे । उनले १३ बलको सामना गर्दै दुई चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, रोहितले १४ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २४ रनमा अविजित बने । त्यसअघि भैरहवाका प्रदीप ऐरीले ४२ रन बनाए भने कप्तान शरद भेषावकरले २९ रन बनाए । बलिङतर्फ चितवनका कमलसिंह ऐरीले तीन विकेट लिए ।

दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको भैरहवाले फाइनल प्रवेशको लागि काठमाडौं किंग्स एलाभेनसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंलाई एक विकेटले पराजित गर्दै ललितपुर प्याट्रिएटस भने ईपीएलको फाइनलमा प्रवेश गरिसकेको छ ।