१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा हतियार राख्न पाउनु पर्ने भन्दै राष्ट्रपति समक्ष सिफारिस



अ+ अ-


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको विद्यालयको सुरक्षासम्बन्धी विज्ञहरुको अध्ययन टोलीले विद्यालयका कर्मचारीलाई हातहतियार राख्न दिन सिफारिस गरेको छ ।

गत फेबु्रअरीमा पार्कल्याण्ड, फ्लोरिडामा पूर्व विद्यार्थीले गोली प्रहार गरेर १७ जनाको हत्या भएपछि गठन गरिएको टोलीले मङ्गलबार यस्तो सिफारिस गरेको हो । उक्त सिफारिसमा पूर्व सैनिकहरुलाई गार्डका रुपमा राख्ने तथा ओबामा प्रशासनले ल्याएको हतियार राख्नेसम्बन्धी निर्देशिका खारेज गर्ने सुझाव दिइएको छ ।

शिक्षा सचिव बेट्सी डिभोसको नेतृत्वमा गठन भएको समितिले बन्दुक राख्न पाउने उमेरको हद बढाउनुपर्ने मागलाई अस्वीकार गरेको छ । एक सय ८० पृष्ठ लामो उक्त प्रतिवेदनमा शिक्षकहरुलाई हिंसा नियन्त्रणका लागि तत्काल गर्नु पर्ने र प्रभावकारी कामका बारेमा सिकाउन पनि सिफारिस गरिएको छ ।

विद्यालय क्षेत्रमा प्रहरीलाई तत्काल पुग्न सक्ने बनाउने व्यवस्था ग्रामीण क्षेत्रका लागि उपयोगी हुन सक्ने समितिको सिफारिस छ ।

समितिको सिफारिसमा बरिष्ठ सुरक्षा अधिकारीहरु र पूर्व प्रहरी उच्च अधिकारीहरुको पनि समर्थन रहेको बताइएको छ । उनीहरुले पनि यही सिफारिस नै प्रभावकारी र उपयुक्त हुने बताएको समितिका सदस्यहरुले जनाएका छन् । रासस