१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐन संशोधन गर्न उद्योगीले बुझाए सुझाव



अ+ अ-


काठमाडौं । उद्योगी व्यवसायीहरुले औद्योगिक व्यवसाय ऐन २०७५ संशोधनका लागि सुझाव दिएका छन्। व्यापारीहरुले मंगलबार अर्थमन्त्री डा.युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवलाई भेटेर ऐनमा पुन बिचार गर्न सुझाब दिएका हुन् ।

महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले सुझावमा उद्योगलाई शाखा खोल्न नपाउने व्यवस्था हटाउन भनिएको छ। हाल उद्योगले फरक स्थानमा उत्पादन गर्न चाहेमा शाखा उद्योग स्थापना गर्न नपाउने व्यवस्था छ। शाखा खोल्न नपाए पनि उद्योगको इकार्इको रुपमा स्थापना तथा संचालन गर्न सक्ने व्यवस्था छ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ सच्याउन पनि सुझाव दिएका छन्।