२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुलाई सुरुङ मार्गबाट कार्यक्रम स्थल ल्याईने



अ+ अ-


सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुलाई मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग हुदै कार्यक्रम आउनु पर्ने भएको छ ।

स्वच्छ नेपाल, स्वस्थ नेपाली भन्ने मुल नाराका साथ हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनमा सहभागी हुने प्रतिनिधिलाई १० किलोमिटर सुरुङ मार्ग हुँदै कार्यक्रम स्थलमा ल्याउन लागिएको आयोजकहरुको भनाई रहेको छ ।

आउदो पुस १६ र १७ गते मेलम्ची नगरपालिका ९, ज्यामिरे गुफाडाँडामा जलवायु सम्मेलनको सुरुवात हुन लागेको हो । काठमाडौको सु्न्दरीजलदेखि सिन्धु अडिट मार्ग हुदै प्रतिनिधिहरुलाई सम्मेलन स्थलमा ल्याउने योजना बनाएको जनाएको छ ।

सुन्दरीजलदेखि सिन्धु अडिटसम्मको १० किलोमिटर सुरुङ मार्गबाट प्रतिनिधिहरुलाई ल्याउनका लागि मेलम्ची खानेपानी आयोजनासँग छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।