१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीचौकी तोडफोड र हवाइफायर



अ+ अ-

विदुर ।  नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा रहेको जलविद्युत् आयोेजनाको निर्माण सामग्री चोर्दै गरेका एक अभियुक्त त्रिशूली नदीमा फाल्हालेका छन् । नुवाकोट र रसुवाको सिमाना मैलुङ शान्तिबजारमा निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरिरहेको क्रममा पक्राउ परेका चारमध्ये एक युवक त्रिशूली नदीमा फालहालेको नुवाकोट प्रहरी कार्यालयले जनाएको छ ।
आज बिहान २ बजे सो आयोजनाको निर्माण सामग्री पाइप र फलाम
चोरिरहेको क्रममा पक्राउ परेका रसुवाको उत्तरगया गाउँंपालिका वडा नं२ का १९वर्षीय मैते तामाङ प्रहरीको घेरा तोडेर त्रिशूली नदीमा हाम्फालेको किस्पाङका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो ।
नुवाकोट प्रहरीले समन्वयात्मक रुपमा कार्य गर्न नसकेको जनाउँंदै आज दिनभरि मैलुङक्षेत्र तनावग्रस्त भएको छ । प्रहरी र स्थानीयवासीबीच दोहोरो झडपको स्थिति
थियो । स्थानीयवासी आक्रमण र तोडफोडमा उत्रिएपछि प्रहरीले सात राउण्ड हवाइफायर गर्नुपरेको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीबीच दोहोरो झडप हुँदा मैलुङ चौकीमा स्थानीयवासीले तोडफोड गरेको प्रहरीले जनाएको छ । झडपमा प्रहरीका हवल्दार चन्द्रिका भगत र अर्का एक जवान घाइते भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । स्थानीयवासी र प्रहरीबीच वार्ता हँुदै गरेको बताइएको छ । रासस