• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

जताततै जनता मार्दै दुई तिहाईको सरकार, चिनीमा पनि गिद्दे नजर



काठमाडौँ । गत भदौ ३१ गतेदेखि चिनीको आयातमा सरकारले परिणात्मक बन्देज लगाएपछि दशैँ तिहार लगायत चाडबाडको बेला चिनीको मूल्य निर्धारणमा निजी क्षेत्र हाबी भयो ।

सरकारले मूल्य घटाउन नसकेपछि उपभोक्ताले चर्को मुल्य त तिर्नु पर्यो नै चिनीमा आर्थिक चलखेल भएको भन्दै संसदीय समितिहरुमा समेत कुरा उठाइयो तर, अहिले चिनीमा लगाइएको परिणात्मक बन्देजको पृष्ठभूमिमा भएको भनिएको आर्थिक चलखेल र मूल्य घटाउने विषय दुवै छाँयामा परेको छ ।

बुधबार चिनी उद्योगीहरुले प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा आफूसँग ३ अर्ब रुपियाँ बराबरको ७७ हजार मेट्रिक टन चिनी मौज्दात रहेको बताए ।

ठूलो परिणाममा चिनी मौज्दात रहेको पनि उद्योगी व्यवसाइीहरुले चिनीमा प्रतिस्पर्धी बजारको अवस्था सिर्जना हुन भने अझै दिएका छैनन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।