३ भाद्र २०८३, बुधबार
,
Latest
गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जताततै जनता मार्दै दुई तिहाईको सरकार, चिनीमा पनि गिद्दे नजर



अ+ अ-

काठमाडौँ । गत भदौ ३१ गतेदेखि चिनीको आयातमा सरकारले परिणात्मक बन्देज लगाएपछि दशैँ तिहार लगायत चाडबाडको बेला चिनीको मूल्य निर्धारणमा निजी क्षेत्र हाबी भयो ।

सरकारले मूल्य घटाउन नसकेपछि उपभोक्ताले चर्को मुल्य त तिर्नु पर्यो नै चिनीमा आर्थिक चलखेल भएको भन्दै संसदीय समितिहरुमा समेत कुरा उठाइयो तर, अहिले चिनीमा लगाइएको परिणात्मक बन्देजको पृष्ठभूमिमा भएको भनिएको आर्थिक चलखेल र मूल्य घटाउने विषय दुवै छाँयामा परेको छ ।

बुधबार चिनी उद्योगीहरुले प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा आफूसँग ३ अर्ब रुपियाँ बराबरको ७७ हजार मेट्रिक टन चिनी मौज्दात रहेको बताए ।

ठूलो परिणाममा चिनी मौज्दात रहेको पनि उद्योगी व्यवसाइीहरुले चिनीमा प्रतिस्पर्धी बजारको अवस्था सिर्जना हुन भने अझै दिएका छैनन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।