• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

त्रिशूलीमा बेपत्ता तामाङको खोजी शुरु



बेत्रावती । चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेर नदीमा बेपत्ता भएका रसुवाको उत्तरगया गाँउपालिका–२ का मैते तामाङको खोजी आज बिहानदेखि शुरु भएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करीब १०० जनाको टोली तामाङ हराएको स्थान पेरैबेँसीस्थित त्रिशूली नदीमा खोजीमा परिचालन गरिएकोे छ ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरीको अभियोगमा पक्राउ परेका चारमध्ये १९ वर्षीय मैते तामाङ भाग्ने क्रममा बुधबार अपरान्ह् नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

थ्री ‘ए’को निर्माण सामग्री चोरीको अभियोगमा पक्राउ परेका तामाङसहित उत्तरगया–२ का कोमल तामाङ, विकास परियार र नुवाकोटको विदुर नगरपालिका–३ का लक्ष्मी नेपालीमाथि अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउन लागिएकामा किस्पाङ–५ स्थित पैरेबेँसी भन्ने स्थानमा आएपछि शौच गर्ने बहानामा भाग्ने क्रममा तामाङ नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनी बेपत्ता भएपछि आक्रोशित स्थानीयवासीले बुधबार मैलुङ प्रहरी चौकी तोडफोड गरी दुई प्रहरीलाई घाइते बनाउनाका साथै प्रहरीको एक गाडीमा पनि क्षति पुर्याएकाले प्रहरीले पाँच राउन्ड हवाइफायरसमेत गरेको थियो ।

घटनालाई लिएर उत्पन्न विवाद समाधानका लागि मैलुङमा सरोकारवाला पक्षबीच छलफल आह्वान गरिएको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । रासस