२४ मंसिर २०८२, बुधबार
,
Latest
किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र टेटनह्याम हट्स्पर काराबाओ कप फुटबलको सेमिफाइनलमा



अ+ अ-


काठमाडौँ । चेल्सी र टटनह्याम हट्स्पर काराबाओ कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराती भएको खेलमा जित हात पार्दै दुबै टोली अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् ।

बर्टन एल्बियन र म्यानचेष्टर सिटि यसअघि नै सेमिफाईनलमा प्रवेश गरिसकेका छन् । सेमिफाइनलमा चेल्सी र टटनहाम तथा सिटी र एल्बियनबीच प्रतिस्पर्धा हुनेछ । होम एण्ड अवेका आधारमा खेलाईने सेमिफाईनका खेल सन् २०१९ को जनवरी ८ र २२ मा हुनेछ ।

क्वाटरफाईनलका पछिल्लो खेलमा चेल्सीले वर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो । ईडन हाजर्डले ८४ औँ मिनेटमा गरेको गोल नै चेल्सीलाई सेमिफाईनल पुग्नका लागी पर्याप्त भयो । आर्सनललाई २–० गोल अन्तरले स्तब्ध पार्दै टटनह्यामले अन्तिम चारमा स्थान पक्का गरेको हो । उसका लागि सन हङ्ग मिन र डेल अलिले गोल गरे । बीबीसी