२४ मंसिर २०८२, बुधबार
,
Latest
किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिशुको उपचारमा सहयोग



अ+ अ-

म्याग्दी । धैवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि बेलायतबाट रु एक लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजुका शिशुको उपचारका लागि हिलापोखरी घर भई हाल बेलायतमा रहनुभएका दुर्गाबहादुर पुनको पहलमा रु एक लाख तीन हजार २३४ सहयोग प्राप्त भएको हो ।

पुनले बेलायतबाट पठाउनुभएको रकम गण्डकी प्रदेशका सांसद बिनोद केसी र पुनका छोरा खुम पुनले बुधबार अस्पतालमै पुगेर हस्तान्तरण गर्नुभयो । यसअघि हिलापोखरीस्थित टोल सुधार समितिको पहलमा स्थानीयवासी, विभिन्न सङ्घ संस्था र व्यक्तिबाट रु एक लाख १५ हजार सहयोग जुटेको थियो ।

परियारले शल्यक्रियामार्फत मङ्सिर ११ गते बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकीमा एक छोराको मृत्यु भइसकेको छ भने अन्य दुईको स्वास्थ्यमा सुधार आइरहेको छ ।

कमलाको स्वास्थ्य सामान्य रहे पनि शिशुको उपचारका लागि अर्थाभावका कारण समस्या भएको छ । छोराको ९०० र छोरीको तौल ८०० ग्राम छ । आठ वर्षको हुँदा बुबालाई गुमाएका राजुकी आमा पनि उनी नौ वर्षको हुँदा उनलाई छाडेर दोस्रो विवाह गरेर गएकीले वडा सदस्य नरकुमारी गुरुङले उनलाई कक्षा १२ सम्म पढाउनुभएको थियो ।

तीन वर्षअघि कमलासँग विवाह गरेपछि आफ्नो घरमा बस्न थालेका राजुको पारिवारिक अवस्था कमजोर रहेको टोल सुधार समितिका अध्यक्ष राम्जी मल्लले बताउनुभयो । रासस