१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिशुको उपचारमा सहयोग



अ+ अ-

म्याग्दी । धैवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि बेलायतबाट रु एक लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजुका शिशुको उपचारका लागि हिलापोखरी घर भई हाल बेलायतमा रहनुभएका दुर्गाबहादुर पुनको पहलमा रु एक लाख तीन हजार २३४ सहयोग प्राप्त भएको हो ।

पुनले बेलायतबाट पठाउनुभएको रकम गण्डकी प्रदेशका सांसद बिनोद केसी र पुनका छोरा खुम पुनले बुधबार अस्पतालमै पुगेर हस्तान्तरण गर्नुभयो । यसअघि हिलापोखरीस्थित टोल सुधार समितिको पहलमा स्थानीयवासी, विभिन्न सङ्घ संस्था र व्यक्तिबाट रु एक लाख १५ हजार सहयोग जुटेको थियो ।

परियारले शल्यक्रियामार्फत मङ्सिर ११ गते बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकीमा एक छोराको मृत्यु भइसकेको छ भने अन्य दुईको स्वास्थ्यमा सुधार आइरहेको छ ।

कमलाको स्वास्थ्य सामान्य रहे पनि शिशुको उपचारका लागि अर्थाभावका कारण समस्या भएको छ । छोराको ९०० र छोरीको तौल ८०० ग्राम छ । आठ वर्षको हुँदा बुबालाई गुमाएका राजुकी आमा पनि उनी नौ वर्षको हुँदा उनलाई छाडेर दोस्रो विवाह गरेर गएकीले वडा सदस्य नरकुमारी गुरुङले उनलाई कक्षा १२ सम्म पढाउनुभएको थियो ।

तीन वर्षअघि कमलासँग विवाह गरेपछि आफ्नो घरमा बस्न थालेका राजुको पारिवारिक अवस्था कमजोर रहेको टोल सुधार समितिका अध्यक्ष राम्जी मल्लले बताउनुभयो । रासस