४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

उपचार गर्न असमर्थलाई सहयोग

उपचार गर्न असमर्थलाई सहयोग
अ+ अ-


सप्तरी । अर्थिक अभावले उपचार गर्न असमर्थ सप्तरीको बोदे बर्साइन नगरपालिका–२ की ललकुदेवी पासवानलाई उपचारका लागि बुधबार सहयोग रकम प्राप्त भएको छ ।

वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपाली युवाद्वारा सञ्चालित ‘ललकुदेवी बचाउ अभियान’मार्फत सङ्कलन गरिएको रु ७५ हजार हस्तान्तरण गरिएको अधिकारकर्मी दीपेन्द्र पासवानले जानकारी दिनुभयो ।

श्री सल्हेश सेवा समाजका अध्यक्ष दुर्गानन्द पासवानले बिरामीको घरमै पुगी पीडित परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो । समाजकै रामउद्गार रामका अनुसार आर्थिक अवस्थाले उपचार गर्न नसकिरहेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट पाएपछि कतारमा कार्यरत कामदारले सहयोगस्वरुप सङ्कलन गरेको रकम पठाएका हुन् ।

अल्सर, कमलपित्त र बवासिर रोगबाट ग्रस्त ललकुदेवी मुख तथा मलद्वारबाट दैनिक रगत बग्ने र बेहोस हुने गर्नुहुन्थ्यो । तीन वर्षदेखि विभिन्न ठाउँका अस्पतालमा उपचार गराउँदै रकम सक्नुभएकी ललकुदेवीले पछिल्लो पटक समाज तथा नातेदारसँग ऋण लिएर उपचार गराउँदै आउनुभएको थियो । लामो अवधिसम्म रोग निको नभएपछि तथा उपचारका लागि करीब रु पाँच लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएपछि निराश बन्नुभएकी ललकुदेवी उपचार गराउन असमर्थ हुनुहुन्थ्यो । उपचार महङ्गो भएकाले थप सहयोग जुटाउन सक्दो पहल भइरहेको दुर्गानन्दले बताउनुभयो । रासस