२४ मंसिर २०८२, बुधबार
,
Latest
किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमन्त्री सुन्तला बारीमा



अ+ अ-

स्याङ्जा । गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको विकास बिना देशको विकास असम्भव रहेको बताउनुभएको छ ।

रोजगारीको खोजीमा देशको युवा शक्ति विदेशिएको बताउँदैै अब देशभित्रै सम्भावनाको खोजी गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने योजनामा गण्डकी प्रदेश सरकार रहेको र सोही अभियानका क्रममा आफू कृषकका समस्या बुझ्नका लागि सुन्तला बारी खाल्टेमा आएको बताउनुभयो ।

मन्त्रालयले वालिङ नगरपालिका–४ सुन्तला बारी खाल्टेमा बुधबार आयोजना गरेको कृषकसँग मन्त्री कार्यक्रममा मन्त्री थापाले किसानका समस्या नजीकबाट बुझ्ने र उनीहरुका समस्या समाधान गर्ने उद्देश्यले मन्त्रालयले कृषकसँग मन्त्री कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । मन्त्री थापाले किसानलाई हावापानी सुहाउँदो व्यावसायिक खेतीमा लागेको खण्डमा राम्रो उत्पादन गर्न सकिने र किसानलाई आफ्नो व्यवसायमा स्थापित हुन सहज हुने बताउनुभयो ।

‘एक स्थानीय तह एक वातावरणमैत्री गाउँ’ बनाउने योजनामा मन्त्रालयले तयारी गरेको बताउँदै मन्त्री थापाले एक पालिका एक हाट बजार, एक वडा एक कृषि उपज सङ्कलन केन्द्र र एक तह एक कोल्ड स्टोर बनाउने योजना मन्त्रालयले बनाएको बताउनुभयो । प्रदेशले राम्दी र मुग्लिनमा क्वारेनटाइन चेकपोष्ट बनाउने तायरी गरको बताउँदै यसले अस्वस्थ्य तरकारी माछा मासु तथा पशुपक्षी आयात रोकिने मन्त्री थापाको भनाइ रहेको छ ।

किसानका समस्या र आवश्यकताको पहिचान गरी योजना बनाउने उद्देश्यले कृषकसँग कृषिमन्त्री कार्यक्रम सञ्चालन गरिएको मन्त्रलायका सचिव शरदचन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले कृषि तथा पशुपक्षीको सम्भावना भएका क्षेत्रको पहिचान गरी मन्त्रालयले पाँचौँ कार्यक्रमका रुपमा सुन्तला बारी खाल्टेमा कृषकसँग अन्तरक्रिया गरिएको बताउनुभयो ।

सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङले आफूहरुले उत्पादन गरेका सुन्तला र तरकारीले बजार नपाएको गुनासो गर्नुभयो । खाल्टेमा सिँचाइको समस्या, सुन्तला खेतीमा लागेको रोग नियन्त्रणका लागि सहयोग गर्न आग्रह गर्नुभयो । एक हजार २०० मिटरको उचाइमा रहेको सुन्तला बारी खाल्टेमा गत आवमा २३ लाखको सुन्तला बेचेको र यस आवमा ५६ लाखको उत्पादन र पाँच वर्षभित्र डेढ करोड मूल्य बराबरको आम्दानी गर्ने लक्ष्य रहेको गुरुङले बताउनुभयो ।

कार्यक्रममा किसानले चितुवा, दुम्सी, बाँदर, मृगलगायत वन्यजन्तुले खेतीपाती तथा तरकारी खेतीमा क्षति पु¥याएकाले यसको नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेका थिए । वालिङ नगरपालिकाका प्रमुख दिपीप्रताप खाँणले नगरपालिकाले बाँदरलगायत वन्यजन्तु नियन्त्रणका लागि यन्त्रको विकास गरिरहेको र त्यस यन्त्रलाई वन्यजन्तुको प्रभाव भएका ठाउँमा राखेर किसानका उत्पादनलाई सुरक्षित गरिने बताउनुभयो । रासस