६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तला उत्पादन बढ्ने



अ+ अ-

चितवन । जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रुखका आधा सुन्तला टिप्न बाँकी रहेको छ ।
कृषि ज्ञान केन्द्र भरतपुरका बागबानी अधिकृत धनबहादुर थापाका अनुसार यस वर्ष हावाहुरी, असिना पानीलगायतका कारण सुन्तलामा असर परेको छैन । यससँगै उत्पादनसमेत राम्रो रहेको छ ।
यस वर्ष जिल्लामा सुन्तला लगाइने क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादन र उत्पादकत्वमा समेत बढेको छ । यस वर्ष २५४ हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको उहाँले बताउनुभयो । दुई हजार ४०० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभयो । गत वर्ष २४४ हेक्टरमा लगाइएको सुन्तला खेतीबाट दुई हजार २०० मेट्रिक टन उत्पादन भएको थियो ।
थापाले गत वर्ष उत्पादकत्व प्रतिहेक्टर नौ मेट्रिक टन रहेकोमा यस वर्ष सो बढेर १० पुग्ने अनुमान गरिएको बताउनुभयो । जिल्लाको इच्छाकामना गाउँपालिका–२ को दाहाखानी, काउले, दारेचोक, चाण्डिभञ्ज्याङ्गलगायतका क्षेत्र सुन्तलाको पकेट क्षेत्र हो । व्यावसायिक रुपमा सुन्ताला खेती गर्ने किसानको सङ्ख्या ३०० रहेको छ । एक जना कृषकले सुन्तला बिक्रीबाट रु पाँच लाखसम्म आम्दानी गर्ने गरेको पाइन्छ ।
यहाँ उत्पादन भएका सुन्तला काठमाडौँ, पोखरालगायत देशका विभिन्न शहरमा निर्यात हुने गरेको छ । रासस