४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

वाइडबडी खरिद प्रकरण : मुछिदै अर्थसचिव र गभर्नर

वाइडबडी खरिद प्रकरण : मुछिदै अर्थसचिव र गभर्नर
अ+ अ-

 

काठमाडौं ।  वाइडबडी बिमान खरिद प्रक्रियामा अनियमिता भएपछि लेखा समितिले सोधपुछको लागि भन्दै अर्थ सचिव र गभर्नरलाई छालफलमा डाकेको छ । दुई वाइडबडी विमान खरिद गर्दा रकम विदेश पठाउनुको आधारबारे छलफलका लागि संसदको लेखा समितिले अर्थ सचिव राजन खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललाई बोलाएको हो ।

लेखा समितिले उपसमिति गठन गरी वाइडबडी विमानमा भएको आर्थिक घोटालाको बारेमा अनुसन्धान प्रकिया अगाडि बढाईरहेको छ। उपसमिति सदस्यका अनुसार शुक्रबार दुवैलाई समान्य सोधपच्छको लागि बैठकमा निम्त्याउने निर्णय गरेको हो ।

उनका अनुसार ‘सम्झौता गर्ने कम्पनी एउटा र पैसा पठाइएको कम्पनी अर्कै भएको अवस्थामा किन रकम भुक्तानी दिइयो’ भन्ने प्रश्न समितिले दुई जनालाई नै गर्ने बताएका छन् ।

गभर्नरलाई विदेशी मुद्रामा रकम तिर्दा राष्ट्र बैंकले आधार मानेको सम्पूर्ण कागजात समेत माग गरेको छ ।
त्यस्तै, अर्थ सचिवलाई सञ्चयकोष र नागरिक लगानी कोषबाट ऋण लिँदा के आधारमा लिइयो ? भन्ने प्रश्न राखिने ती सदस्यले बताए।

नेपाल वायु सेवा निगमले दुई वाइडबडी विमान खरिद गर्न अमेरिकाको एएआर कम्पनीसँग सुरूआतमा सम्झौता गरेको थियो। तर पछि पोर्चुगलको हाइफ्लाइ कम्पनी हुँदै आयरल्याण्डको हाइफ्लाइ एक्स कम्पनीलाई पैसा पठाएको थियो।