२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइडबडी खरिद प्रकरण : मुछिदै अर्थसचिव र गभर्नर



अ+ अ-

 

काठमाडौं ।  वाइडबडी बिमान खरिद प्रक्रियामा अनियमिता भएपछि लेखा समितिले सोधपुछको लागि भन्दै अर्थ सचिव र गभर्नरलाई छालफलमा डाकेको छ । दुई वाइडबडी विमान खरिद गर्दा रकम विदेश पठाउनुको आधारबारे छलफलका लागि संसदको लेखा समितिले अर्थ सचिव राजन खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललाई बोलाएको हो ।

लेखा समितिले उपसमिति गठन गरी वाइडबडी विमानमा भएको आर्थिक घोटालाको बारेमा अनुसन्धान प्रकिया अगाडि बढाईरहेको छ। उपसमिति सदस्यका अनुसार शुक्रबार दुवैलाई समान्य सोधपच्छको लागि बैठकमा निम्त्याउने निर्णय गरेको हो ।

उनका अनुसार ‘सम्झौता गर्ने कम्पनी एउटा र पैसा पठाइएको कम्पनी अर्कै भएको अवस्थामा किन रकम भुक्तानी दिइयो’ भन्ने प्रश्न समितिले दुई जनालाई नै गर्ने बताएका छन् ।

गभर्नरलाई विदेशी मुद्रामा रकम तिर्दा राष्ट्र बैंकले आधार मानेको सम्पूर्ण कागजात समेत माग गरेको छ ।
त्यस्तै, अर्थ सचिवलाई सञ्चयकोष र नागरिक लगानी कोषबाट ऋण लिँदा के आधारमा लिइयो ? भन्ने प्रश्न राखिने ती सदस्यले बताए।

नेपाल वायु सेवा निगमले दुई वाइडबडी विमान खरिद गर्न अमेरिकाको एएआर कम्पनीसँग सुरूआतमा सम्झौता गरेको थियो। तर पछि पोर्चुगलको हाइफ्लाइ कम्पनी हुँदै आयरल्याण्डको हाइफ्लाइ एक्स कम्पनीलाई पैसा पठाएको थियो।