१ आश्विन २०८३, बिहीबार
,
Latest
‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनेपाको पाउरोटी उद्योगमा सिल



अ+ अ-

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–८ बसपार्कस्थित शाक्य पाउरोटी उद्योगमा नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभाग डिभिजन कार्यालय धुलिखेलले सिल गरेको छ । स्थानीयवासी मीरा शाक्यले बिना अनुमति २०३३ सालदेखि उक्त उद्योग सञ्चालन गर्दै आउनुभएको थियो ।

विभागबाट अनुमति नलिएको, पाउरोटी उत्पादन गर्न प्रयोग गरिएका सामग्री सरसफाइमा ध्यान नदिएको तथा केही खाद्य सामग्री कुहिएको अवस्थामा रहेको भेटिएकाले उत्पादन बन्द गराउन सिल गरिएको डिभिजन कार्यालयका खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो । उद्योगले विशेषगरी बनेपाका अधिकांश विद्यालयमा पाउरोटी पठाउने गरेको शाक्यले बताउनुभयो ।

अनुगमनका क्रममा सरसफाइमा ध्यान नदिँदा विद्यालयका बालबालिकामा अखाद्य वस्तु पठाएकाले पाउरोटी उत्पादन गर्ने भट्टीमा दुई वटा सिल गरिएको हो । सरसफाइ एवं कारखाना मापदण्डअनुसार व्यवस्थित गरी विभागबाट अनुमित लिएपछि मात्रै उद्योग सञ्चालन गर्न चेतावनी दिइएको छ । यसअघि डिभिजन कार्यालयको अनुगमन टोलीले गत मङ्सिर २४ गते अनुगमनका क्रममा बिना अनुमति तारादेवी गौतमले सञ्चालन गर्नुभएको नमोबुद्ध नगरपालिका–७ भकुण्डेस्थित विष्णु बेकरी क्याफे बन्द गरेको थियो ।

टोलीले भकुण्डेका तीन वटा हार्डवेयर पसलमा अनुगमन गर्दा ढक, तराजु अद्यावधिक नगरिएकाले अद्यावधिक नगरे बिक्री वितरण बन्द गर्ने चेतावनी दिएको थियो । साथै नमोबुद्ध नपास्थित भकुण्डे बजारका अन्य ११ वटा होटल–पसलमा अनुगमन गरी मूल्यसूची नराखेको, अन्तःशुल्कबाट अनुमति नलिएको, होटल–पसलमा सरसफाइको कमी, मदिरा र अन्य खाद्य पदार्थ एकै स्थानमा राखिएको पाएपछि होटल–पसल सञ्चालकलाई मापदण्डअनुसार सञ्चालन गर्न एक महीनाको समयसीमा दिई म्याद नाघेका पाँच हजार रुपैयाँ बराबरको कोक, पेप्सी, स्प्राइट पेयपदार्थ नष्ट गरेको थियो । रासस

 




भर्खरै