४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

प्रेस स्वतन्त्रता कहिल्यै पनि कसैले हनन गर्न सक्दैन : मुख्यमन्त्री राई

प्रेस स्वतन्त्रता कहिल्यै पनि कसैले हनन गर्न सक्दैन  : मुख्यमन्त्री राई
अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री राईले समाजमा देखिएका नकारात्मक परिस्थितिलाई सकारात्मक बनाउन सञ्चार क्षेत्रले अझै आफ्नो कार्यलाई अग्रभागमा राख्नुपर्ने सुझाव दिँदै नेपालको संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख भएकाले प्रेस स्वतन्त्रता कहिल्यै पनि कसैले हनन गर्न सक्दैन भन्नुभयो ।

उहाँले आफू सञ्चारमन्त्री भएको समयमा राष्ट्रिय सञ्चार नीति तर्जुमा गराएको, पत्रकारहरुको न्यूनतम पारिश्रमिक प्रतिवेदन अघि बढाएको, पत्रकार दुर्घटना बीमा ल्याएका स्मरण गर्दै सञ्चारकर्मीका व्यावसायिक र क्षमता विकासमा आफू सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रेस स्वतन्त्रताका विषयमा सञ्चारकर्मीहरुले प्रदेश सरकारप्रति शङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले सञ्चारकर्मीहरुले आफ्ना मर्यादालाई बिर्सन नहुने भन्दै मानवअधिकार र प्रेस स्वतन्त्रताको लडाइँमा १४ वर्ष जेल जीवन बिताउनु भएको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि प्रेस स्वतन्त्रतामा अङ्कुश नलाग्ने स्पष्ट पार्नुभयो ।

सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं १ संसदीय दलका नेता जयराम यादवले सञ्चार क्षेत्र जहिले पनि देश विकास र समाजमा परिवर्तन ल्याउन समर्पित रहन आग्रह गर्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले समाजलाई असल बनाउन सञ्चारकर्मीले पनि आफूलाई रुपान्तर गर्नुपर्छ भन्नुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेसलाई नियन्त्रण एवं अङ्कुश लगाएमा लोकतन्त्रकै उपहास हुने विचार व्यक्त गर्नुभयो ।